२०८३ असोज २३ गते शुक्रबार

सेन्ट्रल जोन भलिबलमा नेपालको पुरुष टोली श्रीलङ्कासँग पराजित

सेन्ट्रल जोन भलिबलमा नेपालको पुरुष टोली श्रीलङ्कासँग पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस ११ गते आइतबार १२:५१

काठमाडौँ । एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालको पुरुष टोली श्रीलंकासँग पराजित भएको छ । बङ्गलादेशको ढाकामा शनिबार भएको खेलमा नेपाल श्रीलंकासँग ३–१ को सेटमा पराजित भएको हो । पहिलो सेट श्रीलंकाले २५–१८ ले जितेकोमा...

काठमाडौँ । एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालको पुरुष टोली श्रीलंकासँग पराजित भएको छ ।

बङ्गलादेशको ढाकामा शनिबार भएको खेलमा नेपाल श्रीलंकासँग ३–१ को सेटमा पराजित भएको हो ।

पहिलो सेट श्रीलंकाले २५–१८ ले जितेकोमा दोस्रो सेट २५–२२ ले जित्दै नेपालले खेल बराबरीमा ल्याएको थियो । तर तेस्रो र चौथो सेट क्रमशः २५–२२ र २५–१६ ले जित्दै श्रीलंका विजयी भयो ।

प्रतियोगितामा नेपालको पुरुष टोलीको यो दोस्रो हार हो ।

पहिलो खेलमा नेपाल बंगलादेशसँग ३–० को सेटमा पराजित भएको थियो। तर, दोस्रो खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएको थियो ।

अब नेपालले आज आइतबार माल्दिभ्सको सामना गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल दिउसो ३ः४५ बजे सुरु हुनेछ ।

महिला टोलीले भने लगातार तेस्रो जित निकालेको छ ।

आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको हो ।

यस जितसँगै नेपाल फाइनल नजिक पुगेको छ ।

अब नेपालले आइतबार उज्वेकिस्तानको सामना गर्नेछ । नेपाल र उज्वेकिस्तानबीचको खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति २०७८ पुस ११ गते आइतबार १२:५१
हजुरको प्रतिक्रिया