२०८३ असोज २४ गते शनिबार

परराष्ट्रमन्त्री–जोर्डनका समकक्षी सफादीबीच टेलिफोन वार्ता, नेपाली नागरिकको सुरक्षा चासो

परराष्ट्रमन्त्री–जोर्डनका समकक्षी सफादीबीच टेलिफोन वार्ता, नेपाली नागरिकको सुरक्षा चासो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख ११ गते शुक्रबार ०४:०३

परराष्ट्र मन्त्रालयले शुक्रबार नियमित पत्रकार सम्मेलनमा सो वार्ताबारे जानकारी गराउँदै दुई मुलुकबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने विषयमा उनीहरुबीचको छलफल केन्द्रित रहेको बताएको हो ।

पोखरा ।

परराष्ट्रमन्त्री शिशिर खनाल र जोर्डनका परराष्ट्रमन्त्री आएमान सफादीबीच टेलिफोन वार्ता भएको छ ।

पश्चिम एशिया द्वन्द्वको मारमा परिरहेका बेला परराष्ट्रमन्त्री खनालले जोडानका समकक्षी सफादीसँग टेलिफोन वार्ता गर्दै त्यहाँ रहेका नेपाली कामदारहरुको जीवन सुरक्षाको विषयमा चासो राखेका हुन् ।

परराष्ट्र मन्त्रालयले शुक्रबार नियमित पत्रकार सम्मेलनमा सो वार्ताबारे जानकारी गराउँदै दुई मुलुकबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने विषयमा उनीहरुबीचको छलफल केन्द्रित रहेको बताएको हो ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले त्यहाँ रहेका नेपालीहरुका सुरक्षाको विषयमा पनि परराष्ट्रमन्त्री खनालले चासो राख्नुभएको बताए ।

उनले भने,‘हिजो माननीय परराष्ट्रमन्त्री शिशिर खनालज्युले जोडानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री आएमान सफादीसँग टेलिफोन सम्वाद गर्नुभएको छ । सो अवसरमा दुई पक्षीय सम्बन्धलाई प्रगाढ बनाउँदै लैजाने र त्यहाँ रहेका नेपालीको सुरक्षाको विषयमा समेत कुराकानी भएको छ । पश्चिम एशियामा द्वन्द्व भएयताका केही वितरणहरु म यहाँ प्रश्तुत गर्न चाहन्छु । त्यहाँ हालसम्म एक जना नेपालीको मृत्यु भएको छ । र, २८ जना घाइते हुनु भएको विषय पनि यहाँहरुलाई जानकारी नै छ ।’

यसैगरी परराष्ट्र मन्त्रालयले हालसम्म पश्चिम एशियामा जारी द्वन्द्वमा हालसम्म एक जना नेपालीको ज्यान गएको र २८ जना घाइते भएको जानकारी पनि गराएको छ ।

प्रवक्ता पौडेलले सोको बारेमा जानकारी लिने कामलाई मन्त्रालयले प्राथमिकताका साथ निरन्तर अघि बढाइरहेको बताए ।

प्रकाशित मिति २०८३ वैशाख ११ गते शुक्रबार ०४:०३
हजुरको प्रतिक्रिया