२०८३ साउन २१ गते बिहीबार

जिप्रका कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार क्षेत्री ५० हजार घुससहित पक्राउ

जिप्रका कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार क्षेत्री ५० हजार घुससहित पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख १३ गते आइतबार ०१:१५

लागुऔषध मुद्दाका प्रतिवादीलाई मुद्दा मिलाउन सहजीकरण गरिदिने भन्दै  ५० हजार रकम लिएको निवदेनका आधारमा क्षेत्रीलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका सूचना अधिकारी रामहरी शर्माले पब्लिक टिभीलाई बताए ।

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले पोखरा महानगरपालिका ४ स्थित एक खाजाघरबाट थापालाई शनिबार पक्राउ गरिएको हो ।

लागुऔषध मुद्दाका प्रतिवादीलाई मुद्दा मिलाउन सहजीकरण गरिदिने भन्दै  ५० हजार रकम लिएको निवदेनका आधारमा क्षेत्रीलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका सूचना अधिकारी रामहरी शर्माले पब्लिक टिभीलाई बताए ।

सो घटनाबारे थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

प्रकाशित मिति २०८३ वैशाख १३ गते आइतबार ०१:१५
हजुरको प्रतिक्रिया