२०८३ असोज २४ गते शनिबार

वैशाख २८ गते संघीय संसदको अधिवेशन आह्वान गर्ने सरकारको निर्णय

वैशाख २८ गते संघीय संसदको अधिवेशन आह्वान गर्ने सरकारको निर्णय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख २२ गते मंगलबार ०४:०३

मन्त्रिपरिषद्को बैठकले वैशाख २८ गते अधिवेशन आह्वान गर्नेगरी राष्ट्रपति समक्ष सिफारस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताए ।

पोखरा ।

सरकारले आगामी वैशाख २८ गते सोमवारदेखि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले वैशाख २८ गते अधिवेशन आह्वान गर्नेगरी राष्ट्रपति समक्ष सिफारस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताए ।

मन्त्री पोखरेलले वैशाख २८ गते संसद अधिवेशन आह्वान गरिएको जानकारी दिए । यसअघि वैशाख १७ गते अधिवेशन बोलाउने सिफारिस गरिएको थियो ।

राष्ट्रपतिबाट अधिवेशन आह्वान भइसकेको भएपनि सरकारले पुनः स्थगित गरी वैशाख २८ गते बोलाउने निर्णय गरेको हो ।

यो अवधिमा सरकारले केही अध्यादेश ल्याएको छ । राष्ट्रपतिबाट अध्यादेश जारी भएसँगै सरकारले नयाँ मितिमा संसद् अधिवेशन आह्वान गर्ने निर्णय लिएको हो ।

कनियमित प्रक्रियाअनुसार राष्ट्रपतिले सरकारको सिफारिसमा संसदको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रकाशित मिति २०८३ वैशाख २२ गते मंगलबार ०४:०३
हजुरको प्रतिक्रिया