२०८३ असोज २३ गते शुक्रबार

अन्तर्राष्ट्रिय विमानस्थलहरुलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने सरकारको घोषणा

अन्तर्राष्ट्रिय विमानस्थलहरुलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने सरकारको घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख २८ गते सोमबार ०५:४५

हाल पोखरा तथा भैरहवा विमानस्थल पुर्ण रुपमा संचालनमा आउन सकेका छैनन् । सरकारले आगामी आर्थिक वर्षबाट यी विमानस्थलहरु पूर्ण रुपमा सञ्चालनमा ल्याउने महत्वकांक्षी योजना अगाडी सारेको हो ।
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानमा थप अन्तर्राष्ट्रिय वायुसेवालाई आर्कषण गर्न कुटनीतिक पहल गर्ने उनले बताए ।

पोखरा ।

सरकारले नेपालमा सबै अन्तराष्ट्रिय विमानस्थलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष (२०८३–८४)को नीति तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सबै अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने बताएका हुन् ।

उनले विमानस्थलाई पूर्ण रुपमा सञ्चालनमा ल्याएर प्रतिष्पर्धी हवाई सेवा सञ्चालन गर्ने बताए । हाल पोखरा तथा भैरहवा विमानस्थल पुर्ण रुपमा संचालनमा आउन सकेका छैनन् । सरकारले आगामी आर्थिक वर्षबाट यी विमानस्थलहरु पूर्ण रुपमा सञ्चालनमा ल्याउने महत्वकांक्षी योजना अगाडी सारेको हो ।

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानमा थप अन्तर्राष्ट्रिय वायुसेवालाई आर्कषण गर्न कुटनीतिक पहल गर्ने उनले बताए ।

सरकारले नागरिक उड्डयन क्षेत्रलाई पुनःसंरचना गर्ने भएको छ । उड्डयन क्षेत्रमा निजी क्षेत्रलाई समावेश गरि अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डको कार्यान्यवन गर्ने उनले बताए ।

पर्यटक भिषा सेवालाई पुर्ण अनलाईन गर्ने, अन्तराष्ट्रिय विमानस्थलमा ई–गेट प्रणाली जडान गर्ने उनले बताए । अध्यागमन बिन्दुबाट नै पर्यटकिय अनुमति र सेवालाई एकीकृत गर्नेगरी एकद्वार डिजिटल प्रणाली लागू गर्ने उनले उल्लेख गरे ।

पर्वतीय पर्यटनको सुरक्षा तथा खोज, उद्धार प्रणालीलाई आधुनिक बनाउने, भिजिट नेपाल २०८५ को पूर्वतयारीको लागि पर्यटक आगमनको लागि प्रतिपर्यटक खर्चवृद्धि र बसाई समय बढाउनेगरि प्रवद्र्धन गर्ने उनले बताए ।

नेपाललाई देवो भूमी अभियान सञ्चालन गर्ने पनि सरकारले घोषणा गरेको छ ।

प्रकाशित मिति २०८३ वैशाख २८ गते सोमबार ०५:४५
हजुरको प्रतिक्रिया