२०८३ साउन २१ गते बिहीबार

प्रतिनिधि सभाको बैठक स्थगित, नीति तथा कार्यक्रममाथिको छलफल वैशाख ३१ मा हुने

प्रतिनिधि सभाको बैठक स्थगित, नीति तथा कार्यक्रममाथिको छलफल वैशाख ३१ मा हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख ३० गते बुधबार ०५:४९

राष्ट्रपतिद्वारा प्रश्तुत आर्थिक वर्ष २०८३÷८४ को वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरू प्रश्तुत गर्न, उक्त प्रश्तावमाथि छलफल गर्न र प्रधानमन्त्रीले जवाफ दिनका लागि आगामी वैशाख ३१ गतेको समय निर्धारण गरिएको छ ।

पोखरा ।

प्रतिपक्ष दलहरुले नीति तथा कार्यक्रममाथिको जवाफका लागि प्रधानमन्त्री बालेन्द्र साहलाई संसदमा उपस्थित गराउन माग गर्दै संसद अवरुद्ध गरेपछि प्रतिनिधि सभाको बैठक बिहीवारसम्मका लागि स्थगित भएको छ ।

सभामुख डोलप्रसाद अर्यालले बुधवारको बैठकमा कार्यसूचीमा रहेका केही कार्यक्रमहरू हटाउँदै सदनको आगामी बैठक र छलफलको कार्यतालिका सार्वजनिक गरेका हुन् ।

सभामुख अर्यालले कार्यसूचीको क्रम सङ्ख्या २ देखि ५ सम्मका सम्पूर्ण कार्यक्रमहरू सूचीबाट हटाइएको जानकारी गराए ।

राष्ट्रपतिद्वारा प्रश्तुत आर्थिक वर्ष २०८३÷८४ को वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरू प्रश्तुत गर्न, उक्त प्रश्तावमाथि छलफल गर्न र प्रधानमन्त्रीले जवाफ दिनका लागि आगामी वैशाख ३१ गतेको समय निर्धारण गरिएको छ ।

सभामुख अर्यालका अनुसार प्रतिनिधि सभा नियमावली २०७९ को नियम ३८ को उपनियम (१) बमोजिम २०८३ साल वैशाख ३१ गतेका लागि सो कार्यतालिका तय गरिएको हो ।

प्रतिनिधि सभाको अर्को बैठक वैशाख ३१ गते बिहीवार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

प्रकाशित मिति २०८३ वैशाख ३० गते बुधबार ०५:४९
हजुरको प्रतिक्रिया