२०८३ साउन २१ गते बिहीबार

पोखराबाट रितु गुरुङ बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

पोखराबाट रितु गुरुङ बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ जेठ १३ गते बुधबार ११:२५

कास्की । पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । पारिवारिक स्रोतका अनुसार उनी माइतीघरबाट रामबजारस्थित...

कास्की ।

पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।

पारिवारिक स्रोतका अनुसार उनी माइतीघरबाट रामबजारस्थित आफ्नो घर फर्किने क्रममा अमरसिंह चोक आसपासबाट अचानक सम्पर्कविहीन भएकी हुन् ।

साँझको करिब ६ देखि ७ बजेको समयमा उनी हराएको बताइएको छ । करिब ४ फिट १० इन्च उचाइकी उनी कालो पाइन्ट र रातो टी–शर्ट लगाएकी थिइन् ।

उनी लामो समयसम्म घर नफर्किएपछि उनको परिवारले सबैलाई खोजि गर्न आग्रह गरेको छ ।

परिवारले रितुलाई कहिकतै देखेको खण्डमा मोबाइल नम्बर ९८४६६०३२८५ मा सम्पर्क गर्न आग्रह गरको छ ।

प्रकाशित मिति २०८३ जेठ १३ गते बुधबार ११:२५
हजुरको प्रतिक्रिया