२०८३ साउन २१ गते बिहीबार

सुनको मूल्य घट्यो, तोलाको कति?

सुनको मूल्य घट्यो, तोलाको कति?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १३ गते मंगलबार ११:२४

पोखरा। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ सयले घटेको छ । आज छापावाल सुन प्रतितोला ९३ हजारमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ९३ हजार २ सयमा कारोबार...

पोखरा। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ सयले घटेको छ ।

आज छापावाल सुन प्रतितोला ९३ हजारमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको ९३ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ ।

आज चाँदी १२६० मा कारोबार भइरहेको महसंघले जनाएको छ ।

प्रकाशित मिति २०७८ पुस १३ गते मंगलबार ११:२४
हजुरको प्रतिक्रिया