२०८३ असोज २३ गते शुक्रबार

बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई

बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ जेठ २६ गते मंगलबार ०४:५९

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको मिलेमतोमा बीवाईडी कम्पनीको गाडीहरु निर्यातमा कर छली गरेको चर्चा रहेका बेला अध्यक्ष राईले त्यसको सत्यतथ्य कुरा बाहिर ल्याउनका लागि सरकारले तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्ने बताएका हुन् ।

पोखरा ।

विपक्ष दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बीवाईडी घोटला प्रकरणबारे संसदीय छानविन समिति गठन गर्न सरकारसँग माग गरेका छन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको मिलेमतोमा बीवाईडी कम्पनीको गाडीहरु निर्यातमा कर छली गरेको चर्चा रहेका बेला अध्यक्ष राईले त्यसको सत्यतथ्य कुरा बाहिर ल्याउनका लागि सरकारले तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्ने बताएका हुन् ।

मंगलबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले आफूहरुले कर छली प्रकरणबारे छानविन गरेर सत्य कुरा बाहिर ल्याउन सरकारसँग माग गरिएको बताए ।

अध्यक्ष राईले भने,‘बीवाईडी घोटला प्रकरणको लागि संसदीय छानविन समिति गठन हुनु पर्दछ ।’

फरक प्रसंगमा अध्यक्ष राईले आफूलाई ट्राफिक प्रहरीले कारबाही गरेको भन्ने कुरा सत्य नभएको जिकिर पनि उनले गरे ।

ट्राफिक नियम उलंघन गरेको आरोपमा तपाईलाई कारबाही गरिएको हो नि भनेर सञ्चारकर्मीहरुले प्रश्न गरेका थिए । अध्यक्ष राईले उक्त विषयमा आफू अनविज्ञ रहेको बताए ।

प्रकाशित मिति २०८३ जेठ २६ गते मंगलबार ०४:५९
हजुरको प्रतिक्रिया