२०८३ साउन २१ गते बिहीबार

१० गुरुकुल विद्यालयका ५ सय विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

१० गुरुकुल विद्यालयका ५ सय विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ जेठ ३१ गते आइतबार ०५:५५

‘सेवा र विकासका लागि युवा’ संस्थाले हरेक वर्ष ३ हजार विद्यार्थीलाई सहयोग गर्दै आएको छ । २०७५ सालमा स्थापना भएको यस संस्था विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएको छ ।

पोखरा ।   कास्कीका १० वटा गुरुकुल विद्यालयमा अध्ययनरत ५०० जना गुरुकुल विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

‘सेवा र विकासका लागि युवा’ संस्थाको आयोजना तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा विन्ध्यवासिनी मन्दिरमा आइतबार आयोजित कार्यक्रमकाबीच विद्यार्थीहरुलाई कापी, कलम र झोला सहयोग हस्तान्तरण गरिएको हो ।

ति विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका सांसद सन्दीप रानाले शैक्षिक समाग्री हस्तान्तरण गरे ।

सो अवसरमा बोल्दै सांसद रानाले सामाजिक र शैक्षिक विकासमा यस्ता कार्यक्रमले टेवा पुग्ने धारणा राखे ।

उनले गुरुकुल शिक्षाबाट प्राप्त ज्ञान, संस्कार र मूल्यलाई समाज तथा राष्ट्रको सेवामा समर्पित गर्नुपर्नेमा जोड दिए ।

यस्तै विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका वरिष्ठ उपाध्यक्ष सूर्य सुवेदीले गुरुकुल शिक्षाको संबद्र्धन र विद्यार्थीहरूको प्रोत्साहनका लागि संस्थाले गरेको कार्य प्रशंसनीय रहेको उल्लेख गरे ।

सेवा र विकासका लागि युवाका संरक्षक नारायणप्रसाद ढकालले असल व्यक्ति निर्माण नै राष्ट्र निर्माणको आधार भएको उल्लेख गर्दै भारत सरकारको सहयोगमा सञ्चालित शैक्षिक सामग्री वितरण कार्यक्रमले देशभरका हजारौँ विद्यार्थीलाई प्रत्यक्ष लाभ पु¥याएको बताए ।

उनले विगत पाँच वर्षदेखि निरन्तर रूपमा सञ्चालन भइरहेको कार्यक्रममार्फत हालसम्म ६५ जिल्लाका विद्यार्थीहरू लाभान्वित भइसकेको जानकारी दिँदै आगामी वर्ष सबै ७७ जिल्लामा शैक्षिक सामग्री वितरण गर्ने जानकारी दिए ।

कार्यक्रममा पोखरा महानगरपालिका १२ का वडाध्यक्ष सन्तोष बास्तोला, गण्डकी विश्वविद्यालयका रजिस्ट्रार प्रा. हिमराज गिरी, पृथ्वीनारायण क्याम्पसका प्राध्यापक प्रा. डा. रामचन्द्र पोखरेल, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल गण्डकी प्रदेशका सचिव सन्तोष शर्मा, हिन्दू स्वयंसेवक संघ नेपाल गण्डकी सम्भाग कार्यवाहक सागर अधिकारी, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका वरिष्ठ उपाध्यक्ष सूर्य सुवेदी, अमरसिंह मावि व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कोइराला, अमरसिंह मावि प्राचार्य बलराम पोखरेल, सेवा र विकासका लागि युवाका कास्की जिल्ला संयोजक भूपेन्द्र महरा, महानगर छात्रा प्रमुख अमृता पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल गण्डकी प्रदेश अध्यक्ष दीपक रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा सेवा र विकासका लागि युवाका कास्की जिल्ला संयोजक भूपेन्द्र महराले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने, सञ्चालन प्राज्ञिक विद्यार्थी परिषद्का केन्द्रीय सदस्य नारायण तिमिल्सिनाले गरेका थिए ।

‘सेवा र विकासका लागि युवा’ संस्थाले हरेक वर्ष ३ हजार विद्यार्थीलाई सहयोग गर्दै आएको छ । २०७५ सालमा स्थापना भएको यस संस्था विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएको छ ।

प्रकाशित मिति २०८३ जेठ ३१ गते आइतबार ०५:५५

हजुरको प्रतिक्रिया