२०८३ असोज २३ गते शुक्रबार

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी–२०२६ ले खोल्यो चीन–नेपाल सांस्कृतिक सहकार्यको नयाँ अध्याय

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी–२०२६ ले खोल्यो चीन–नेपाल सांस्कृतिक सहकार्यको नयाँ अध्याय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार १ गते सोमबार ०७:४५

पोखरा चरणको सफल समापनसँगै यस वर्षको प्रदर्शनीको नेपाल यात्रा पनि पूर्ण रूपमा सम्पन्न भएको छ । यो हिमालयन रिम चलचित्र यात्राको एउटा महत्वपूर्ण उपलब्धि मात्र नभई चीन र नेपालबीच थप गहिरो सांस्कृतिक सहकार्य र साझा प्रेरणाको नयाँ सुरुवात पनि हो ।

पोखरा ।

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी–२०२६ को नेपाल चरण पोखरामा आइतबार सफलतापूर्वक सम्पन्न भएको छ ।

चलचित्रलाई पुलका रूपमा प्रयोग गर्दै, प्रदर्शनीले उच्चस्तरीय शैक्षिक संवाद र चलचित्र प्रदर्शनहरूको शृङ्खलामार्फत चीन र नेपालबीच जनस्तरको आदानप्रदानका लागि सशक्त माध्यम निर्माण गरेको छ ।

यसले स्थानीय विद्यार्थी तथा चलचित्रकर्मीहरूलाई चिनियाँ वुसिया (मार्शल आर्ट) चलचित्रहरूको समकालीन आकर्षण र डिजिटल क्षमतासँग परिचित गराउनुका साथै, चीन र नेपालका चलचित्र व्यवसायीहरूबीच कलात्मक सहानुभूति र समझदारीको साझा मञ्च पनि सिर्जना ग¥यो ।

कार्यक्रमको पहिलो चरण त्रिभुवन विश्वविद्यालयमा आयोजना गरिएको थियो, जहाँ द लेजेन्ड्स अफ द कन्डोर हिरोजः द ग्यालेन्ट्स र ब्लेड्स अफ द गार्डियनः विन्ड राइजेस इन द डेजर्ट प्रदर्शन गरिएका थिए ।

कार्यक्रममा सहभागी प्राध्यापक तथा विद्यार्थीहरूले चिनियाँ वुसिया चलचित्रमा रहेको वीरता र धर्मनिष्ठाको आधुनिक पुनव्र्याख्याले नेपाली कलामा पाइने प्रकृति र मानवबीचको आध्यात्मिक समन्वयसँग गहिरो समानता महसुस गराएको बताए ।

साथै, बेइजिङ नर्मल विश्वविद्यालयका प्राध्यापक झाङ यानले “चिनियाँ वुसिया चलचित्रः शताब्दीदेखि विश्वसम्म” शीर्षकमा विशेष व्याख्यान दिँदै वुसिया संस्कृतिको विश्वव्यापी प्रसार र यसको आधुनिक सन्तुलनबारे विस्तृत चर्चा गरे ।

त्यसपछि प्रदर्शनी पोखरा विश्वविद्यालय पुगेको थियो, जहाँ हिमालयन रिम फिल्म प्रदर्शनीकी संस्थापक हुआङ जुनयानले उद्घाटन मन्तव्य व्यक्त गरिन् । जुन १३ (जेठ ३०) गते आयोजित अतिथि संवाद सत्रको अध्यक्षता एरिजोना स्टेट विश्वविद्यालयका सहप्राध्यापक मा रुइछिङले गरेका थिए ।

उनले चीनको अग्रणी कृत्रिम बुद्धिमत्ता कम्पनीका जेनेरेटिभ एआई मार्केटिङ विशेषज्ञ रायनसँग “वुसिया चलचित्रदेखि एआई बजारसम्म” विषयमा गहन संवाद गरे । औद्योगिक तथा प्राविधिक दुवै दृष्टिकोणबाट कृत्रिम बुद्धिमत्ताले चलचित्र सिर्जना, उत्पादन प्रक्रिया तथा बजार संरचनालाई कसरी पुनःपरिभाषित गरिरहेको छ भन्ने विषयमा छलफल गरिएको थियो ।

यसपछि प्राध्यापक माले “सीमाहीन वीरताः चिनियाँ वुसिया चलचित्र र विश्वव्यापी दर्शक” शीर्षकमा व्याख्यान दिँदै वीरताको भावनाले संस्कृतिको सीमालाई कसरी पार गर्छ र विश्वभरका दर्शकहरू माझ किन निरन्तर लोकप्रिय रहन्छ भन्ने विषयको विश्लेषण प्रस्तुत गरे ।

चलचित्र प्रदर्शन खण्डमा द मास्टरले यथार्थपरक कुङफु सौन्दर्यशास्त्र र जियाङहुको आचारसंहिताप्रतिको प्रतिबद्धतालाई प्रस्तुत ग¥यो भने आई एम ह्वाट आई एम २ ले डिजिटल दृश्य प्रभावमार्फत साधारण युवाहरूको आफ्ना सपनाप्रतिको अटल संघर्षलाई चित्रण ग¥यो ।

यी दुई चलचित्रहरूले चिनियाँ चलचित्रमा नायकत्व र जीवनदर्शनको व्यापक प्रतिबिम्ब प्रस्तुत गरे । प्रदर्शनपछि द मास्टर का निर्देशक स्यु हाओफेङ प्रत्यक्ष प्रसारणमार्फत दर्शकसँग जोडिँदै चिनियाँ मार्शल आर्ट सौन्दर्यशास्त्रबारे गहन संवादमा सहभागी भए ।

त्यस्तै, आई एम ह्वाट आई एम २ की सह–निर्माता ली यिलिनले पनि सिर्जनात्मक प्रक्रिया तथा एनिमेसन चलचित्रको अन्तर्राष्ट्रिय अभिव्यक्तिबारे आफ्ना अनुभव सुनाइन् ।

शैक्षिक कार्यक्रम र चलचित्र प्रदर्शनबाहेक, दिनभर सञ्चालन गरिएको वुसिया फेयर तथा बु यी झेन जोङ हस्तकला कार्यशालामा सहभागीहरूले स्थानीय कपडा शिल्पीहरूको मार्गदर्शनमा साना हात्तीका आकृतिहरू सिलाउने अवसर पाए ।

सांस्कृतिक समिश्रणका प्रतीक मानिने यी सिर्जनात्मक गतिविधिहरूले विद्यार्थीहरूलाई आफ्नै हातबाट दैनिक जीवनको सौन्दर्य अनुभव गर्ने अवसर प्रदान गरे ।

यसैबीच, एआईजीसी (AIGC) प्रविधिको प्रयोग गरी सिर्जना गरिएको प्रदर्शनीको मुख्य गीत “द एन्डलेस राइड” सार्वजनिक गरियो, जसले हिमालय क्षेत्रका युवाहरूबीच सभ्यतागत आदानप्रदान र संवादको भावनालाई समकालीन सङ्गीतिक स्वर प्रदान ग¥यो ।

यो प्रदर्शनी नेपालका विदेशमन्त्रीको चीन भ्रमणसँग पनि एकै समयमा आयोजना भएको थियो, जसले दुई देशबीच उच्चस्तरीय सम्बन्ध र आदानप्रदान निरन्तर सुदृढ हुँदै गएको संकेत गर्दै जनस्तरको सम्पर्कलाई नयाँ ऊर्जा प्रदान ग¥यो ।

सभ्यता र मानवीय सम्बन्धलाई जोड्ने महत्वपूर्ण सांस्कृतिक मञ्चका रूपमा यस प्रदर्शनीले प्रकाश र चलचित्रलाई माध्यम तथा वुसियालाई पुलका रूपमा प्रयोग गर्दै हिमालय क्षेत्रका लागि जीवन्त र दीर्घकालीन सांस्कृतिक अन्तरक्रियाको मार्ग निर्माण गरेको छ ।

यो केवल सीमापार चलचित्र महोत्सव मात्र नभई चीन र नेपालका युवाहरूले साझा समझदारी निर्माण गर्ने, सिर्जनशीलतालाई प्रोत्साहन गर्र्ने र भविष्यको सामूहिक कल्पना गर्ने सभ्यताबीचको संवाद र पारस्परिक सिकाइको जीवन्त अभ्यास पनि थियो ।

पोखरा चरणको सफल समापनसँगै यस वर्षको प्रदर्शनीको नेपाल यात्रा पनि पूर्ण रूपमा सम्पन्न भएको छ । यो हिमालयन रिम चलचित्र यात्राको एउटा महत्वपूर्ण उपलब्धि मात्र नभई चीन र नेपालबीच थप गहिरो सांस्कृतिक सहकार्य र साझा प्रेरणाको नयाँ सुरुवात पनि हो ।

वुसिया संस्कृति र नायक बन्ने सपनाले विश्वविद्यालय परिसरहरूमा गहिरो छाप छोडेको छ भने एशियाली संस्कृतिका साझा भावनाहरूलाई नयाँ दृष्टिकोणबाट पुनःव्याख्या गर्ने बाटोसमेत खोलेको छ ।

यसरी पूर्वीय भूमिमा जरा गाडेको वीरताको भावना आजको डिजिटल युगमा नयाँ जीवन र सीमापार प्रतिध्वनि प्राप्त गर्दै अघि बढिरहेको छ ।

प्रकाशित मिति २०८३ असार १ गते सोमबार ०७:४५
हजुरको प्रतिक्रिया