२०८३ असोज २३ गते शुक्रबार

बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित

बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार १० गते बुधबार ०४:३४

सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार सभामुख डोलप्रसाद अर्यालले भोलिका लागि निर्धारित बैठक पर्सि शुक्रबार दिउँसो १ बजे बस्नेगरी निर्धारण गरेका छन् ।

पोखरा ।

भोलि (बिहीबार) का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर बैठक स्थगित भएको जानकारी गराएको हो । बिहीबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको थियो ।

उक्त समयमा बैठक विशेष कारणबस बस्न नसक्ने भन्दै संसद् सचिवालयले स्थगित भएको जानकारी गराएको हो ।

सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार सभामुख डोलप्रसाद अर्यालले भोलिका लागि निर्धारित बैठक पर्सि शुक्रबार दिउँसो १ बजे बस्नेगरी निर्धारण गरेका छन् ।

प्रकाशित मिति २०८३ असार १० गते बुधबार ०४:३४
हजुरको प्रतिक्रिया