२०८३ साउन २१ गते बिहीबार

रास्वपा महाधिवेशनः निर्वाचन आयोगद्वारा संशोधित चुनावी कार्यतालिका सार्वजनिक, आजै मतदान हुँदै

रास्वपा महाधिवेशनः निर्वाचन आयोगद्वारा संशोधित चुनावी कार्यतालिका सार्वजनिक, आजै मतदान हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार १० गते बुधबार ०५:५९

पहिलो चरणको मतदान बेलुका साढे ८ बजे महाधिवेशन स्थलमै तोकिएका बुथहरूमा शुरु हुने बताइएको छ । मतदान सकिएको २ घण्टाभित्रै मतगणना शुरु गरी परिणाम घोषणा गरिने बताइएको छ । रास्वपा वृत्तमा यस महाधिवेशन र निर्वाचनलाई नयाँ वैकल्पिक राजनीतिक संस्कारको रूपमा व्याख्या गरिएको छ ।

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रिय निर्वाचन आयोगले आज निर्वाचन कार्यतालिकाको चौथो संशोधनसहितको नयाँ तालिका सार्वजनिक गरेको छ ।

संशोधित तालिकाअनुसार बेलुकी साढे ८ बजेदेखि केन्द्रिय सदस्यहरू चयनका लागि पहिलो चरणको मतदान शुरु हुनेछ ।

संशोधित कार्यतालिकाअनुसार असार ९ गते नै केन्द्रिय सदस्य पदका उम्मेदवारहरूको मनोनयन फारम वितरण र दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ ।

आज दिउँसो साढे ३ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको थियो ।

निर्वाचन आयोगकाअनुसार बेलुका ६ः४५ बजेदेखि मौन अवधि शुरु हुनेछ । यस अवधिमा कुनैपनि प्रकारको प्रचारप्रसार वा प्रभाव पार्ने गतिविधि गर्न पाइनेछैन ।

पहिलो चरणको मतदान बेलुका साढे ८ बजे महाधिवेशन स्थलमै तोकिएका बुथहरूमा शुरु हुने बताइएको छ ।

मतदान सकिएको २ घण्टाभित्रै मतगणना शुरु गरी परिणाम घोषणा गरिने बताइएको छ । रास्वपा वृत्तमा यस महाधिवेशन र निर्वाचनलाई नयाँ वैकल्पिक राजनीतिक संस्कारको रूपमा व्याख्या गरिएको छ ।

आधुनिक प्रविधिको प्रयोग र द्रुत मत गणना प्रणाली मार्फत परिणाम सार्वजनिक गरिने आयोगले बताएको छ ।

सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति २०८३ असार १० गते बुधबार ०५:५९
हजुरको प्रतिक्रिया