२०८३ असोज २३ गते शुक्रबार

जेन–जी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री

जेन–जी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार १२ गते शुक्रबार ०५:०९

उनले जेन–जी आन्दोलको क्रममा भएको विध्वंशको छानविन गर्न छुट्टै आयोग गठन गर्नुपर्ने बताइन् ।
उनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा आयोग गठन गरी सुनियोजित रुपमा देश जलागउने कार्यमा संलग्नहरुलाई कारबाही गर्नुपर्ने बताइन् ।

पोखरा ।

नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले गत वर्षको २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनसम्बन्धी घटनामा अनुसन्धान गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्रबाहिर गएर सिफारिस गरेको भन्दै आपत्ति जनाएकी छिन् ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएकी छिन् । अब मानव अधिकार आयोगको कार्यक्षेत्रको बारेमा बहस गर्नुपर्ने उनको भनाइ छ ।  उनले जेन–जी आन्दोलको क्रममा भएको विध्वंशको छानविन गर्न छुट्टै आयोग गठन गर्नुपर्ने बताइन् ।

उनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा आयोग गठन गरी सुनियोजित रुपमा देश जलागउने कार्यमा संलग्नहरुलाई कारबाही गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘मानव अधिकार आयोगको कार्यक्षेत्रको बारेमा अब बहस हुनुपर्यो । र भदौ २३ र २४ गतेको घटनामा सरकारले एउटा छानविन आयोग बनाओस् । उक्त आयोग सर्वोच्च अदालतका वहालवाला न्यायाधीशको अध्यक्षतामा बनोस् । र भदौ २३ र २४ गतेको घटना सुनियोजित हिसाबले पूर्वतयारी गरेर कसले यो आन्दोलन चलाउनको लागि निर्देशन दियो, निर्णय गर्यो र फिल्डमा गएर देश जलाउने काम गर्यो ? यी देश जलाउनेहरु, देश द्रोहीहरुलाई अब बन्ने न्यायिक आयोगले कारबाही गर्नुपर्छ । र नेपालको स्वाभिमान माथि उठाउनुपर्छ । हामी चुप लाग्नु हुँदैन । अब गरिबहरु पनि उठ्नुपर्छ । किनभने यो सरकार मध्यम वर्ग र विदेशी दलालहरुको मात्र कुरा गरिरहेको छ ।’

उनले सरकार मध्यम वर्ग र विदेशी दलालहरुको मात्र कुरा गरिरहेको आरोप लगाउँदै न्युन आय भएका र गरिबको रेखामुनि भएको समुदाय सरकारविरुद्ध खरो रुपमा उभिनुपर्ने समेत बताइन् ।

 

प्रकाशित मिति २०८३ असार १२ गते शुक्रबार ०५:०९
हजुरको प्रतिक्रिया