काठमाडौं ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा रहेको असमानता हटाउनुका साथै पारदर्शिता कायम गर्ने उद्देश्यले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक ल्याइएको बताएका छन् ।
प्रतिनिधि सभाको आईतबारको बैठकमा विधेयकमाथिको छलफलका उठेका प्रश्नहरुको जवाफ दिँदै यस्तो बताएकी हुन् । उनले विधेयकले कानूनको रुप लिइसकेपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको पदाधिकारी र सेवासम्बन्धी असमानता पूर्ण रुपमा हट्ने दाबी पनि गरिन् । उनले अन्य केही बेथितिहरु हटाउनको लागि छाता ऐनको तयारी समेत सरकाले गरिरहेको जानकारी गराइन् । कुनै राजनीतिक दललाई समर्थन गरेकै आधारमा प्रतिष्ठानका पदाधिकारी नियुक्त गर्ने प्रवृत्ति विधेयक पारित भइसकेपछि हटेर जाने विश्वास समेत व्यक्त गरिन् ।
मन्त्री मेहताले विधेयक पारित भएपछि योग्यता र क्षमताको आधारमा पदाधिकारी छनोट हुने बताएसँगै राजनीतिक हस्तक्षेप घट्ने र संस्थागत सुशासन बलियो हुँदै जाने विश्वास समेत व्यक्त गरिन् ।
प्रकाशित मिति २०८३ असार १४ गते आइतबार ०६:१४




