२०८३ साउन २१ गते बिहीबार

न्युनतम यात्रु पनि नभएपछि कतिपय विमानस्थलहरु नियमित रुपमा सञ्चालन गर्न सकिएनः पर्यटनमन्त्री पौडेल

न्युनतम यात्रु पनि नभएपछि कतिपय विमानस्थलहरु नियमित रुपमा सञ्चालन गर्न सकिएनः पर्यटनमन्त्री पौडेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार १७ गते बुधबार ०२:४९

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री खड्कराज पौडेलले न्युनतम यात्रु संख्याको अभावले सबै विमानस्थलहरु नियमित रुपमा सञ्चालनमा ल्याउन नसकिएको स्पष्टिकरण दिएका छन् । बुधवार राष्ट्रिय सभा बैठकमा सांसदहरुले विभिन्न...

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री खड्कराज पौडेलले न्युनतम यात्रु संख्याको अभावले सबै विमानस्थलहरु नियमित रुपमा सञ्चालनमा ल्याउन नसकिएको स्पष्टिकरण दिएका छन् ।

बुधवार राष्ट्रिय सभा बैठकमा सांसदहरुले विभिन्न जिल्लाका विमानस्थलहरु सञ्चालनमा नभएको भन्दै मन्त्री पौडेलमाथि प्रश्न गरेका थिए । त्यसको जवाफ दिने क्रममा मन्त्री पौडेलले न्युनतम यात्रु संख्या नभएका जिल्लाहरुको विमानस्थल संचालन गर्न नसकिएको स्पष्ट पारे । उनले विमानस्थल सञ्चालनका लागि सरकारसँग जनशक्ति र उपकरणको अभाव नभएको दाबी समेत गरे । मन्त्री पौडेलले सडकको सहज व्यवस्थाका कारण पनि हवाई यात्रुहरुको अभाव हुने अवस्था आएको पनि उल्लेख गरे ।

मन्त्री पौडेलले विमानस्थलमा नियमित उडान भर्नका लागि जनशक्ति र उपकरण पठाउने कुरामा कुनै कमी नहुने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रकाशित मिति २०८३ असार १७ गते बुधबार ०२:४९
हजुरको प्रतिक्रिया