२०८३ असोज २३ गते शुक्रबार

देश फिल्मी संवाद र ‘ह्याङओभर’बाट चल्दैनः सांसद शर्मा

देश फिल्मी संवाद र ‘ह्याङओभर’बाट चल्दैनः सांसद शर्मा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार १७ गते बुधबार ०४:०१

काठमाडौं । नेपाली काँग्रेसका सांसद युवराज शर्माले सरकार र सत्तारुढ दलको कार्यशैलीप्रति टिप्पणी गर्दै देश लोकप्रियतावाद र फिल्मी शैलीले नचल्ने बताएका छन् । बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद शर्माले मुलुकका समसामयिक...

काठमाडौं ।

नेपाली काँग्रेसका सांसद युवराज शर्माले सरकार र सत्तारुढ दलको कार्यशैलीप्रति टिप्पणी गर्दै देश लोकप्रियतावाद र फिल्मी शैलीले नचल्ने बताएका छन् ।

बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद शर्माले मुलुकका समसामयिक समस्या समाधानमा सरकार गम्भीर नभएको आरोप लगाए । बैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले देशमा १ देखि ५ वर्ष उमेर समूहका २ लाखभन्दा बढी बालबालिका कुपोषणको शिकार भइरहेको तथ्यांक प्रश्तुत गरे ।

किसानका समस्याप्रति सरकार उदासीन रहेको उल्लेख गर्दै उनले गत चैत महिनामा बर्डफ्लुले क्षति व्यहोरेका कुखुरापालक किसानले हालसम्म पनि क्षतिपूर्ति नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराए ।

सरकारले ल्याउन लागेको सवारी तथा यातायात सम्बन्धी विधेयकको विषयमा पनि सांसद शर्माले कडा आपत्ति जनाएका थिए । उक्त विधेयक कुनै दक्षिण भारतीय (मद्रासी) चलचित्रबाट प्रभावित भएर ल्याइएको टिप्पणी गर्दै उनले यसमा रहेका कठोर जरिवानाका प्रावधानहरू सच्याउन माग गरे ।

उनले समय निरपेक्ष कानुन निर्माण गरेर नागरिकलाई दुःख दिन नहुनेमा जोड दिए ।

प्रकाशित मिति २०८३ असार १७ गते बुधबार ०४:०१
हजुरको प्रतिक्रिया