२०८३ असोज २३ गते शुक्रबार

अखिल (क्रान्तिकारी) ले भन्यो–सरकार हिटलरको शैलीमा हिँड्यो, धेरै टिक्नेवाला छैन

अखिल (क्रान्तिकारी) ले भन्यो–सरकार हिटलरको शैलीमा हिँड्यो, धेरै टिक्नेवाला छैन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार १८ गते बिहीबार ०७:२७

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले वर्तमान सरकार फाँसीवादतिर लम्किरहेको आरोप लगाएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उक्त संगठनका अध्यक्ष...

काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले वर्तमान सरकार फाँसीवादतिर लम्किरहेको आरोप लगाएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उक्त संगठनका अध्यक्ष विजयप्रकाश शर्मा सापकोटाले सरकार फाँसीबादतर्फ अघि बढेको जिकिर गरे । हिटलरको शैलीमा सरकार हिँडेकाले यसको भविष्य समेत नभएको अध्यक्ष सापकोटाको भनाई थियो । उनले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाएको कारण नै नेपालमा राणा शासन, पञ्चायती शासन, ज्ञानेन्द्र शाहको शासन ढलेको र अब बालेन्द्र साहको शासन पनि ढल्न सक्ने चेतावनी समेत दिए ।

अध्यक्ष सापकोटाले सरकारले विश्वविद्यालयहरुलाई विगतमा झै आफ्नो भर्ती केन्द्र बनाउने काम गरिरहेको दाबी समेत गरे ।

प्रकाशित मिति २०८३ असार १८ गते बिहीबार ०७:२७
हजुरको प्रतिक्रिया