२०८३ साउन २१ गते बिहीबार

सरकारलाई सत्तारुढ रास्वपाकी सांसद अधिकारीको सुझावः तत्काल नेपालको उड्डयन क्षेत्रलाई इयूको ब्ल्याक लिष्टबाट हटाउने काममा प्राथमिकता दिइयोस्

सरकारलाई सत्तारुढ रास्वपाकी सांसद अधिकारीको सुझावः तत्काल नेपालको उड्डयन क्षेत्रलाई इयूको ब्ल्याक लिष्टबाट हटाउने काममा प्राथमिकता दिइयोस्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार २४ गते बुधबार ०३:५४

सांसद अधिकारीले भनिन्, ‘कुटनीतिक स्तरबाट इयुुसँग अभिलम्ब वार्ता गरी प्राविधिक प्रतिवेदन पेश गरियोस् । नागरिक उडडयन प्राधिकरणको संस्थागत र नीतिगत सुधारलाई प्रभावकारी बनाइयोस् । हवाई सुरक्षा मापदण्ड विश्व स्तरीय बनाउन आधुनिक प्रविधि र जनशक्ति व्यवस्थापनमा जोड दिइयोस् । युरोपेली युनियनको हवाई सुरक्षा सूचि ब्ल्याक लिष्टबाट नेपाललाई निकाल्ने विषय अव सरकारको उच्च प्राथमिकता परोस ।’

पोखरा ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले युरोपेली युनियन (इयु) को हवाई सुरक्षा सुचि (ब्ल्याक लिष्ट)बाट नेपाललाई निकाल्ने कामलाई प्राथमिकताका साथ अघि बढाउन सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले हवाई सुरक्षाबारे नेपालको विश्वसनीयता जगाउँदै पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न पनि सरकारले उक्त कामलाई प्राथमिकताका साथ अघि बढाउन ढिलाई गर्न नहुने तथ्य पनि स्मरण गराइन् ।

सांसद अधिकारीले नागरिक उडडयन प्राधिकरणको संस्थागत र नीतिगत सुधारको कामलाई प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराइन् ।

उनले हवाई सुरक्षा मापदण्डलाई विश्वस्तरीय बनाउनका लागि आधुनिक प्रविधि र जनशक्ति व्यवस्थापनको कामलाई पनि सरकारले योजनावद्ध ढंगले अघि बढाउन आवश्यक रहेको बताइन् ।

सांसद अधिकारीले भनिन्, ‘कुटनीतिक स्तरबाट इयुुसँग अभिलम्ब वार्ता गरी प्राविधिक प्रतिवेदन पेश गरियोस् । नागरिक उडडयन प्राधिकरणको संस्थागत र नीतिगत सुधारलाई प्रभावकारी बनाइयोस् । हवाई सुरक्षा मापदण्ड विश्व स्तरीय बनाउन आधुनिक प्रविधि र जनशक्ति व्यवस्थापनमा जोड दिइयोस् । युरोपेली युनियनको हवाई सुरक्षा सूचि ब्ल्याक लिष्टबाट नेपाललाई निकाल्ने विषय अव सरकारको उच्च प्राथमिकता परोस ।’

सांसद अधिकारीले नेपालले विश्वस्तरमा आफनो विश्वसनीयता बढाउन पनि हवाई उडानको क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्नुको विकल्प नरहेको पनि बताइन् ।

प्रकाशित मिति २०८३ असार २४ गते बुधबार ०३:५४
हजुरको प्रतिक्रिया