२०८३ असोज २३ गते शुक्रबार

गोविन्दबहादुर कार्की मुख्यसचिवमा नियुक्त

गोविन्दबहादुर कार्की मुख्यसचिवमा नियुक्त

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार २४ गते बुधबार ०५:५४

शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । कारागार नियमावली, २०८३ स्वीकृत गरेको छ ।

पोखरा ।

सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।

उनकाअनुसार सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय भएको बताए ।

त्यस्तै सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्य, काठमाडौंलाई नियुक्त गरेको छ ।

गेटा अस्पताल कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ ।

मन्त्री पोखरेलले सरकारले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली २०८३, स्वीकृत गरेको बताए ।

शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । कारागार नियमावली, २०८३ स्वीकृत गरेको छ ।

मानव अधिकार सम्बन्धी छैटौँं कार्ययोजना स्वीकृत गरेको पनि उनले जानकारी दिए ।

भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना स्वीकृत गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति २०८३ असार २४ गते बुधबार ०५:५४
हजुरको प्रतिक्रिया