२०८३ असोज २३ गते शुक्रबार

माईतीघरमा अखिल क्रान्तिकारी–‘कालो चश्मा, कालो कोट, देख्दैन, जनताको चोट’

माईतीघरमा अखिल क्रान्तिकारी–‘कालो चश्मा, कालो कोट, देख्दैन, जनताको चोट’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार २६ गते शुक्रबार ०५:२५

माईतीघरमा पुगेका अखिलका विद्यार्थीले कालो चश्मा, कालो कोट, देख्दैन, जनताको चोट, सुकुम्बासीमाथिको बर्बर राज्य आतंक बन्द गर, हत्यारा सरकार मुर्दावाद, प्रधानमन्त्रीज्यु नहेर्ने, नसुन्ने, नबोल्ने ? महंगी बढाएर नागरिकको जीवनको मूल्य घटाउँदैछस् सरकार, बेरोजगार युवालाई बाच्न दे सरकार, मलाई बोल्ने दे सरकार, लोकप्रियताले मात्रै शासन सत्ता चल्दैन, नागरिकको लाश, सरकारको विकास लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

पोखरा ।

नेपाली कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरुले काठमाडौंको माईतीघर मण्डलामा गणेश नेपालीको न्यायको माग गर्दै प्रदर्शन गरेका छन् ।

शुक्रबार उनीहरुले माईतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

बिहीवार त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले नगर प्रहरीले बाइकमा ह्वील लक लगाएको र १० हजार जरिबाना मागको भन्दै आत्मदाहको प्रयास गरेका थिए । वीर अस्पतालमा उपचारका क्रममा उनको शुक्रवार निधन भएको हो ।

उनको निधनपछि देशका विभिन्न स्थानमा उनलाई न्याय दिन माग गर्दै प्रदर्शन भइरहेका छन् ।

माईतीघरमा पुगेका अखिलका विद्यार्थीले कालो चश्मा, कालो कोट, देख्दैन, जनताको चोट, सुकुम्बासीमाथिको बर्बर राज्य आतंक बन्द गर, हत्यारा सरकार मुर्दावाद, प्रधानमन्त्रीज्यु नहेर्ने, नसुन्ने, नबोल्ने ? महंगी बढाएर नागरिकको जीवनको मूल्य घटाउँदैछस् सरकार, बेरोजगार युवालाई बाच्न दे सरकार, मलाई बोल्ने दे सरकार, लोकप्रियताले मात्रै शासन सत्ता चल्दैन, नागरिकको लाश, सरकारको विकास लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति २०८३ असार २६ गते शुक्रबार ०५:२५
हजुरको प्रतिक्रिया