२०८३ असोज २३ गते शुक्रबार

विधायन व्यवस्थापन समितिको अभिमुखीकरण कार्यक्रम सिंहदरवारभित्रै गरिने, मितव्ययिता र स्रोतको अभाव मुख्य कारण

विधायन व्यवस्थापन समितिको अभिमुखीकरण कार्यक्रम सिंहदरवारभित्रै गरिने, मितव्ययिता र स्रोतको अभाव मुख्य कारण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन ८ गते शुक्रबार ०२:५४

पोखरा । संघीय संसद अन्तर्गतको विधायन व्यवस्थापन समितिले आफ्ना सदस्यहरूका लागि आयोजना गर्ने अभिमुखीकरण कार्यक्रम सिंहदरवारभित्रै सञ्चालन गर्ने भएको छ । समितिको शुक्रबार बसेको बैठकमा सभापति कृष्णबहादुर रोकायले आर्थिक स्रोतको...

पोखरा ।

संघीय संसद अन्तर्गतको विधायन व्यवस्थापन समितिले आफ्ना सदस्यहरूका लागि आयोजना गर्ने अभिमुखीकरण कार्यक्रम सिंहदरवारभित्रै सञ्चालन गर्ने भएको छ ।

समितिको शुक्रबार बसेको बैठकमा सभापति कृष्णबहादुर रोकायले आर्थिक स्रोतको अभाव र मितव्ययितालाई ध्यानमा राख्दै बाहिर जानुको सट्टा संसदकै हलहरू प्रयोग गरिने जानकारी दिए ।

बैठकमा केही सदस्यहरूले फ्रेस हुने र नयाँ वातावरणमा छलफल गर्ने उद्देश्यले सिंहदरवार बाहिर कार्यक्रम गर्न सुझाव दिएका थिए । समितिले हालै दुईवटा उपसमिति गठन गरेको छ ।

कानून मापन र अन्तर–विधायी सम्बन्ध उपसमिति छन् । यी उपसमितिका सदस्यहरूलाई कार्यक्षेत्रका बारेमा स्पष्ट पार्न र कानून मापनको आवश्यकता, आधार तथा प्रक्रियाबारे विज्ञहरूबाट जानकारी गराउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको सभापति रोकायले बताए ।
सभापति रोकायकाअनुसार समितिले विज्ञहरूलाई दिने पारिश्रमिकको विषयमा पनि स्पष्ट पारेको छ ।

हालको मापदण्डअनुसार विज्ञलाई प्रतिसेसन ५ हजार रुपैयाँ मात्र उपलब्ध गराउन सकिने र छुट्टै बजेट नभएकाले पनि बाहिर कार्यक्रम गर्न सम्भव नभएको रोकायको भनाइ छ ।

प्रकाशित मिति २०८३ साउन ८ गते शुक्रबार ०२:५४
हजुरको प्रतिक्रिया