२०८३ असोज २३ गते शुक्रबार

ऐन कार्यान्वयन र अन्तर–निकाय सम्बन्धमा विज्ञहरूको परामर्श आवश्यकः नेता दंगाल

ऐन कार्यान्वयन र अन्तर–निकाय सम्बन्धमा विज्ञहरूको परामर्श आवश्यकः नेता दंगाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन ८ गते शुक्रबार ०३:०५

पोखरा । नेकपा (एमाले) का राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले ऐन कार्यान्वयन र अन्तर–निकाय सम्बन्धका प्राविधिक विषयहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूको संलग्नता हुनुपर्ने बताएका छन् । शुक्रबार संघीय संसद्को...

पोखरा ।

नेकपा (एमाले) का राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले ऐन कार्यान्वयन र अन्तर–निकाय सम्बन्धका प्राविधिक विषयहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूको संलग्नता हुनुपर्ने बताएका छन् ।

शुक्रबार संघीय संसद्को विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै नेता दंगालले अन्तर–निकाय सम्बन्ध अत्यन्त प्राविधिक विषय भएकाले यसमा केवल अध्ययनकर्ता मात्र नभई सोही क्षेत्रमा प्रत्यक्ष कार्यरत अनुभवी विज्ञहरूको परामर्श लिनु उपयुक्त हुने सुझाव दिएका हुन् ।

छलफलका क्रममा नेता दंगालले विषयवस्तुको गाम्भीर्यताका आधारमा विज्ञ छनोट गर्नुपर्ने उनले बताए ।

उनले भने, ‘अन्तरनिकाय सम्बन्धको विषय प्राविधिक (टेक्निकल) भएकाले यस क्षेत्रमा प्रत्यक्ष काम गरिरहनुभएका विज्ञबाट प्रश्तुति गराउनु उपयुक्त हुन्छ । यो विषय ऐन कार्यान्वयनसँग सम्बन्धित प्राविधिक र विषयगत भएकाले सभापतिज्यूले प्रश्ताव गर्नुभएझैँ खिमलालज्यू वा भरतराज गौतमज्यूमध्ये एकलाई जिम्मेवारी दिँदा उपयुक्त हुन्छ ।’

ऐन कार्यान्वयनको विषय थिम्याटिक र प्राविधिक दुवै भएकाले सभापतिले प्रश्ताव गरे बमोजिम नै विज्ञहरूको पहिचान गरी कार्य अगाडि बढाउन उपयुक्त हुने नेता दंगालको भनाइ छ ।

प्रकाशित मिति २०८३ साउन ८ गते शुक्रबार ०३:०५
हजुरको प्रतिक्रिया