२०८३ साउन २१ गते बिहीबार

वचत फिर्ता माग गर्दै सहकारी पीडितको माईतीघरमा प्रदर्शन

वचत फिर्ता माग गर्दै सहकारी पीडितको माईतीघरमा प्रदर्शन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन ११ गते सोमबार ०३:०३

पोखरा । सहकारी पीडितहरुले समान रुपमा वचत फिर्ता गर्न माग राखेर माईतीघरमा प्रदर्शन गरेका छन् । सहकारी पीडित वचतकर्ता महासंघको नेतृत्वमा सोमवार माईतीघरमा सहकारी पीडितहरुले प्रदर्शन गरेका हुन् । सहकारी पीडितहरुले सरकारले साना...

पोखरा ।

सहकारी पीडितहरुले समान रुपमा वचत फिर्ता गर्न माग राखेर माईतीघरमा प्रदर्शन गरेका छन् ।

सहकारी पीडित वचतकर्ता महासंघको नेतृत्वमा सोमवार माईतीघरमा सहकारी पीडितहरुले प्रदर्शन गरेका हुन् ।

सहकारी पीडितहरुले सरकारले साना र ठूला वचतकर्ता भनेर पीडितहरुलाई विभाजन गरेर पीडितहरुको आन्दोलनलाई कमजोर बनाउन लागेको आरोप लगाएका छन् ।

सहकारी पीडित वचतकर्ता महासंघका अध्यक्ष कुशलभ केसीले आन्दोलनकारी सहकारी पीडितहरुको वचत पहिला फिर्ता गर्न सरकारसँग माग गरे ।

माग सम्बोधन गर्न पटकपटक सरकारको ध्यानाकर्षण गराउदाँ समेत सुनुवाई नभएको उल्लेख गर्दै अब सहकारी पीडितहरुको आन्दोलनका मागलाई तत्काल सम्बोधन नगरेमा सशक्त आन्दोलन गर्ने उनले चेतावनी दिए ।

सहकारी पीडितसंग विगतमा गरेका सम्झौताहरु कार्यन्वयन गराउन आफूहरुले प्रदर्शनमा उत्रिएको उनको भनाई छ । उनले सरकारले साना र ठूला वचतकर्ता भनेर सहकारी पीडितलाई नै विभाजन ल्याउन खोजेको पनि आरोप लगाए ।

सबै पीडित समान रहेकोले सबैलाई समान व्यवहार गरेर वचत फिर्ता गर्न उहाँले सरकारसंग आग्रह गरे । सरकारले हाल ठूला ऋणीसंँग कर्जा असुली गरेर साना वचतकर्ताको रकम फिर्ता गर्ने रणनीति लिएको छ ।

प्रदर्शनमा सहभागीहरुले ‘पीडितलाई न्याय दिइयोस्, फुटाउने षड्यन्त्र नगरियोस्’, ‘सानो वचतकर्ता र ठूलो बचतकर्तालाई समान व्यवहार गरियोस्’, ‘पीडितलाई न्याय कहिलेसम्म ?’, ‘जग्गा मिलानका नाममा पीडित वचतकर्ताहरूलाई गर्ने ठगी बन्द गर’, ‘सहकारी पीडित वचतकर्ताहरूलाई न्याय देउ’, ‘ए सरकार कि त मारिदेऊ, कि त खोला तारीदेऊ’, ‘सहकारी पीडित वचतकर्ता एक होऔं’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

यस्तै उनीहरुले आफू पीडित बनेको सहकारी सञ्चालकका फोटोसहितको व्यानर समेत प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति २०८३ साउन ११ गते सोमबार ०३:०३
हजुरको प्रतिक्रिया