२०८३ साउन २१ गते बिहीबार

चिकित्सकमाथि भएको आक्रमणको विरोधमा देशभरका स्वास्थ्य सेवा प्रभावित

चिकित्सकमाथि भएको आक्रमणको विरोधमा देशभरका स्वास्थ्य सेवा प्रभावित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन १३ गते बुधबार ०२:५७

पोखरा । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमणको विरोधमा आज पनि देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू ठप्प पारिएका छन् । चिकित्सकहरूको सुरक्षा...

पोखरा ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमणको विरोधमा आज पनि देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू ठप्प पारिएका छन् ।

चिकित्सकहरूको सुरक्षा र कार्यस्थलमा हुने हिंसाको अन्त्यको माग गर्दै स्वास्थ्यकर्मीहरू आन्दोलित भएका हुन् । मंगलबारदेखि देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको छ ।

स्वास्थ्यकर्मीहरूमाथि बारम्बार हुने दुव्र्यवहार र भौतिक आक्रमणका घटना नरोकिएको भन्दै उनीहरूले सेवा नै रोकेर विरोध जनाएका हुन् ।

यसैबिच, आन्दोलित चिकित्सकहरूले काठमाडौंको माईतीघर मण्डलामा भेला भई विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले ‘चिकित्सकमाथि हिंसा बन्द गर’, ‘स्वास्थ्य सेवामाथि आक्रमण अन्त्य गर’, ‘डाक्टर सुरक्षित भए मात्र बिरामी सुरक्षित हुन्छन्’ र ‘डाक्टरको सुरक्षा नै जनताको सुरक्षा हो’ जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका छन् ।

साथै, प्रदर्शनकारीहरूले ‘रेस्पेक्ट डाक्टर’, ‘रिजेक्ट भायोलेन्स’ र ‘नो मोर ह्यारेसमेण्ट’ लेखिएका प्लेकार्डमार्फत आफ्नो सुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन् ।

नारायणी अस्पतालमा भएको घटनाका दोषीलाई कारबाही र चिकित्सकहरूको कार्यस्थलको सुरक्षाको प्रत्याभुति नभएसम्म आन्दोलन जारी रहने चिकित्सकहरूको भनाइ छ ।

प्रकाशित मिति २०८३ साउन १३ गते बुधबार ०२:५७
हजुरको प्रतिक्रिया