२०८३ साउन २१ गते बिहीबार

देवानगञ्जमा गोली लागेर घाइते भएका अर्का एकजनाको उपचारका क्रममा मृत्यु

देवानगञ्जमा गोली लागेर घाइते भएका अर्का एकजनाको उपचारका क्रममा मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन १४ गते बिहीबार ०३:२७

पोखरा । सुनसरीको देवानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएका अर्का एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । विराटनगरको न्यूरो अस्पतालमा उपचाररत् देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो मृत्यु भएको...

पोखरा ।

सुनसरीको देवानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएका अर्का एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।

विराटनगरको न्यूरो अस्पतालमा उपचाररत् देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो मृत्यु भएको हो ।  योसँगै उक्त घटनामा मृतकको संख्या २ पुगेको छ ।

उक्त घटनामा गोली लागेर घाइते भएका अन्य ८ जनाको विराटनगरकै न्युरो, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका थिए ।

प्रकाशित मिति २०८३ साउन १४ गते बिहीबार ०३:२७
हजुरको प्रतिक्रिया