२०८३ साउन २१ गते बिहीबार

सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल

सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन १५ गते शुक्रबार ११:४१

पोखरा । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले कर्जा विस्तार गर्नुहुँदैन भन्ने भाष्य निर्माण हुँदा मुलुकको अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको बताएका छन् । बिहीबार राजधानीमा नेपाल कानून समाज र संविधान निगरानी...

पोखरा ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले कर्जा विस्तार गर्नुहुँदैन भन्ने भाष्य निर्माण हुँदा मुलुकको अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको बताएका छन् ।

बिहीबार राजधानीमा नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आयोजित सार्वजनिक ऋणः परिमाणा, परिचालन, उत्पादकत्व र भावी रणनीति विषयक संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् ।

उनले पछिल्ला तीन–चार वर्षयता कर्जा विस्तार ६–७ प्रतिशतभन्दा माथि जान नसक्नु मुलुकको अर्थतन्त्रका लागि चिन्ताको विषय भएको बताए ।

उनले नेपालमा सार्वजनिक ऋणलाई लिएर अनावश्यक नकारात्मक धारणा बनाइएको टिप्पणी गर्दै कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिव ४५ प्रतिशत बराबर रहेको सार्वजनिक ऋण अन्तर्राष्ट्रिय मापदण्डअनुसार धेरै नभएको बताए ।

नेपालको अधिकांश वैदेशिक ऋण शुन्य दशमलव ७५ प्रतिशतदेखि १ दशमलव ५ प्रतिशतसम्मको न्यून ब्याजदर र लामो भुक्तानी अवधिसहित लिइएको भन्दै डराइहाल्नुपर्ने अवस्था नभएको नेपालको भनाइ छ ।

उनले अर्थराजनीतिक निर्णयहरूले अर्थतन्त्रलाई ‘ट्र्याप’मा पारिरहेको दाबी पनि गर्नुभयो । आर्थिक वृद्धि सुस्त हुनु र पुँजीगत खर्च प्रभावकारी रूपमा हुन नसक्नु मुलुकका लागि मुख्य चुनौती भएको उनको भनाइ छ ।

पूर्वगभर्नर नेपालले वित्तीय स्थायित्व कायम राख्नु नेपाल राष्ट्र बैंकको प्राथमिक जिम्मेवारी भएको पनि बताए ।

उनले भने, ‘ऋणबारे नेपालमा यस्तो भाष्य निर्माण भएको छ कि कर्जा विस्तार गर्नु नै हुँदैन । यो भाष्य यसरि विकसित भयो कि पछिल्लो तीन, चार वर्षदेखि ६–७ प्रतिशतभन्दा बढी कर्जा विस्तार हुन नै सक्या छैन । अनि हामी भन्छौँ लौ ऋण बढी भयो । खासमा अर्थराजनीतिले अर्थतन्त्रलाई ट्र्यापमा पारिरहेको छ । अहिले हेर्दा नेपालको जुन ४५ पर्सेन्ट टोटल जीडीपीको ऋण भएपनि अत्यन्त न्यून ब्याजदरमा र लामो म्याचुरिटी पिरियडसम्मको छ । शून्य दशमलव ७५ प्रतिशतदेखि १ दशमलव ५ प्रतिशतसम्मको ब्याजदरमा दिइरहेको अवस्था छ । आईएमएफको त जिरो इन्ट्रेस्ट रेटमै दिइरहेको हुन्छ । एडीबीको अलिकति बढी भनेको २ प्रतिशत जति होला । एक्जिम बैंकबाट ल्याएको ऋण लिएर पोखरामा एयरपोर्ट बनाएको भए कति पाइन्थ्यो भन्ने अझै क्लियर भएको छैन । अमेरिकाको ३८ ट्रिलियन ऋण छ । हाम्रो अर्थतन्त्रको ग्रोथ भएको छैन । अब क्यापिटल एक्सपेन्डिचर भएको छैन । वित्तीय स्थायित्वलाई नै अब केन्द्रिय बैंकले ध्यान दिने हो । तर लङ टर्मको लागि हेर्दाखेरि अब छिमेकी राष्ट्र श्रीलंकाको बारेमा त्यत्रो इस्युज आइरहेको छ सतर्क त हुनुप¥यो ।’

उनले श्रीलंकामा देखिएको आर्थिक संकटबाट पाठ सिक्दै अगाडि बढ्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति २०८३ साउन १५ गते शुक्रबार ११:४१
हजुरको प्रतिक्रिया