पोखरा ।
कुबेतमा भएको ड्रोन आक्रमणमा परि एक जना नेपालीको मृत्यु भएको छ ।
बिहीबार बिहान उत्तरी कुवेतमा भएको आक्रमणमा परेर सवारी चालकको रुपमा कार्यरत तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको निधन भएको कुबेतस्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।
कुवेतस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको हो ।
राजदूतावासले तामाङको पार्थिव शरीर यथाशीघ्र नेपाल पठाउने लगायतका आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर अघि बढाइने जनाएको छ ।
यसैबीच, कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षा मापदण्डहरूको पूर्ण पालना गर्न, संयमित रहन तथा सुरक्षित स्थानमा बस्न नेपाली राजदूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति २०८३ साउन १५ गते शुक्रबार १२:०९