२०८३ साउन २१ गते बिहीबार

अनशनरत नर्स रानाभाटको समर्थनमा स्वास्थ्यकर्मीद्वारा प्रदर्शन, १५ बुँदे माग सम्बोधन गर्न आग्रह

अनशनरत नर्स रानाभाटको समर्थनमा स्वास्थ्यकर्मीद्वारा प्रदर्शन, १५ बुँदे माग सम्बोधन गर्न आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन १९ गते मंगलबार १२:२६

पोखरा । न्युनतम पारिश्रमिकको निर्धारण र श्रम शोषणको अन्त्य लगायतका १५ बुँदे माग राखी साउन १४ गतेदेखि आमरण अनसनमा बसेकी स्टाफ नर्स ज्योति रानाभाटको समर्थनमा स्वास्थ्यकर्मी तथा नर्सिङ समुदायले प्रदर्शन गरेका छन् । नर्स रानाभाटको...

पोखरा ।

न्युनतम पारिश्रमिकको निर्धारण र श्रम शोषणको अन्त्य लगायतका १५ बुँदे माग राखी साउन १४ गतेदेखि आमरण अनसनमा बसेकी स्टाफ नर्स ज्योति रानाभाटको समर्थनमा स्वास्थ्यकर्मी तथा नर्सिङ समुदायले प्रदर्शन गरेका छन् ।

नर्स रानाभाटको आन्दोलनप्रति ऐक्यवद्धता जनाउन र उनका जायज मागहरूको शिघ्र सम्बोधनका लागि दबाब दिने उद्देश्यले काठमाडौं उपत्यकाका नर्स तथा स्वास्थ्यकर्मीहरूले वीर अस्पताल परिसरमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मीहरूले ‘नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ’, ‘सम्मानजनक सेवा सुविधाको सुनिश्चितता गर’, ‘नर्सिङ ऐन कार्यान्वयन गर’, ‘गुणस्तरीय नर्सिङ शिक्षा कायम गर’ र ‘बिरामी सुरक्षाको प्रत्याभूति गर’ जस्ता मागहरू लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

नर्सहरूको तलब, भत्ता, सेवा सुविधा र वृत्ति विकासका सम्बन्धमा सरकारसँग विगतमा पटक–पटक सम्झौता भएपनि ती कार्यान्वयन नहुँदा देशभरका नर्सहरू अन्यायमा परेको प्रदर्शनकारीहरूको गुनासो छ ।

आमरण अनसनको छैटौँ दिन पुग्दा नर्स रानाभाटको स्वास्थ्य अवस्था निकै कमजोर बनेको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई हाल वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरी उपचार भइरहेको छ ।

स्वास्थ्यकर्मीहरूले रानाभाटको जीवन रक्षाका लागि सरकारलाई तत्काल सार्थक वार्ता र सहमति गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति २०८३ साउन १९ गते मंगलबार १२:२६
हजुरको प्रतिक्रिया