२०८३ साउन २१ गते बिहीबार

अलपत्र तीन युवाको सकुशल उद्धार

अलपत्र तीन युवाको सकुशल उद्धार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन २१ गते बिहीबार ०१:५२

कास्कीको अन्नपूर्ण क्षेत्रमा पर्ने हाइक्याम्प भ्रमण गरी फर्किदा मोदी किनारमा अलपत्र तीन युवाको सकुशल उद्धार भएको छ ।पोखरा–१४, खसीबजार बस्ने वर्ष २४ का अजित केसी, वर्ष २३ का युकेश गुरुङ र वर्ष २३ कै करण लामालाई एस्काभेटर विजुलीको...

कास्कीको अन्नपूर्ण क्षेत्रमा पर्ने हाइक्याम्प भ्रमण गरी फर्किदा मोदी किनारमा अलपत्र तीन युवाको सकुशल उद्धार भएको छ ।पोखरा–१४, खसीबजार बस्ने वर्ष २४ का अजित केसी, वर्ष २३ का युकेश गुरुङ र वर्ष २३ कै करण लामालाई एस्काभेटर विजुलीको तारको सहायताले सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले बिहीबार बिहान करिब १० ः ५५ बजे उद्धार गरेको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिङ गुरुङले तीन जनालाई सकुशल उद्धार गरी पोखरा ल्याउन लागिएको बताए । माछापुच्छ«े गाउँपालिका वडा नम्बर ९ को मोदी नदी किनारमा तीन युवा मङ्गलबार रातिबाट अलपत्र परेका थिए । दुई रात उनीहरुले नजिकैको ओडारमा बिताएका थिए । युवाहरु अलपत्र परेको क्षेत्र पोखरा महानगरबाट ७० किलोमिटर उत्तरमा पर्छ ।

उद्धारका लागि बुधबार बिहानैबाट टोली खटिए पनि प्रयास सार्थक भएको थिएन । उनीहरुलाई मोदीमा फड्के बनाउने, एस्काभेटरको सहायताले ल्याउनेलगायतका प्रयास समेत गरिएको थियो । नेपाल प्रहरीका दुई जना, सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिकाबाट सशस्त्र प्रहरी निरिक्षक साजन श्रेष्ठको कमाण्डमा १० जना सशस्त्र प्रहरीका र नेपाली सेनाका ६ जनाको टोली उद्धारमा खटिएको थियो । टोलीले हाइड्रो पावरका लागि टाँगिएको १०० मिटर तारको प्रयोग गरि खोला पारी गई अलपत्र परेका युवाहरुलाई उद्धार गरेको हो । यो नेपालमै पहिलो पटक सिंगल तारमार्फत उद्धार गरिएको बताइएको छ ।

प्रकाशित मिति २०८३ साउन २१ गते बिहीबार ०१:५२
हजुरको प्रतिक्रिया