२०८३ असोज २३ गते शुक्रबार

सभामुखलाई एमाले सांसदले भने–प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर अभिव्यक्ति फिर्ता लिने सम्भावना छैन, तपाईं पहल गरिदिनुस्

सभामुखलाई एमाले सांसदले भने–प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर अभिव्यक्ति फिर्ता लिने सम्भावना छैन, तपाईं पहल गरिदिनुस्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन २६ गते मंगलबार ०३:१३

पोखरा । नेकपा (एमाले) का सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्री बालेन्द्र साहका विवादित अभिव्यक्तिहरू संसदको अभिलेख (रेकर्ड) बाट हटाउन सभामुखसँग माग गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद...

पोखरा ।

नेकपा (एमाले) का सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्री बालेन्द्र साहका विवादित अभिव्यक्तिहरू संसदको अभिलेख (रेकर्ड) बाट हटाउन सभामुखसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद मण्डलले यस्तो आग्रह गरेका हुन् ।

सम्बोधनका क्रममा सांसद मण्डलले सभामुखलाई संसदको अभिभावकको संज्ञा दिँदै प्रधानमन्त्रीसँग संवाद गरी आफ्ना भनाइहरू फिर्ता लिन लगाउन पहल गरिदिन अनुरोध गरे ।

प्रधानमन्त्रीको स्वभावका कारण उहाँ आफैँ रोष्ट्रममा उभिएर अभिव्यक्ति फिर्ता लिने सम्भावना न्युन रहेको टिप्पणी गर्दै मण्डलले यस विषयमा सभामुखको ध्यानाकर्षण गराए ।

उनले भने, ‘प्रधानमन्त्री ज्यू जिद्दी स्वभावको हुनुहुन्छ, उहाँ आफैँ रोष्ट्रममा आएर आफ्ना अभिव्यक्ति फिर्ता लिनुहुन्छ भन्ने मलाई लाग्दैन । तसर्थ, सभामुख ज्यूले नै प्रधानमन्त्रीसँग वार्ता गरी ती भनाइहरू फिर्ता लिन लगाउन वा संसदको अभिलेखबाट हटाउन पहल गरिदिनुहुन म विनम्र अनुरोध गर्दछु ।’

सभामुखको अनुभव र शालीनताको प्रशंसा गर्दै उनले संसदको गरिमा कायम राख्न विवादास्पद अभिव्यक्तिहरू हटाउनु नै उपयुक्त विकल्प हुने धारणा व्यक्त गरे ।

प्रकाशित मिति २०८३ साउन २६ गते मंगलबार ०३:१३
हजुरको प्रतिक्रिया