२०८३ असोज २३ गते शुक्रबार

स्वदेश फर्किए पूर्वप्रधानमन्त्री देउवा

स्वदेश फर्किए पूर्वप्रधानमन्त्री देउवा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन २८ गते बिहीबार ०१:३४

काठमाडौं । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचार पश्चात आज स्वदेश फर्किएका छन् । उनी बिहीबार दिउँसो साढे १२ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन्...

काठमाडौं ।

नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचार पश्चात आज स्वदेश फर्किएका छन् ।

उनी बिहीबार दिउँसो साढे १२ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् । गत भदौ २४ गते ‘जेन–जी आन्दोलन’का क्रममा गम्भीर घाइते भएका देउवा उपचारका लागि धर्मपत्नी एवं परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासहित सिङ्गापुर प्रस्थान गरेका थिए । सिङ्गापुरमा स्वास्थ्योपचार गराएपछि उनी थाइल्याण्ड हुँदै काठमाडौँ अवतरण गरेका हुन् ।

विमानस्थलमा उनलाई स्वागत गर्न नेपाली काँग्रेसका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति २०८३ साउन २८ गते बिहीबार ०१:३४
हजुरको प्रतिक्रिया