२०८३ असोज २३ गते शुक्रबार

हामी गोली खान तयार छौँ तर सरकारका गलत कार्यमा समर्थन गर्दैनौँः सांसद खातुन

हामी गोली खान तयार छौँ तर सरकारका गलत कार्यमा समर्थन गर्दैनौँः सांसद खातुन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ २ गते मंगलबार ०१:३१

पोखरा । नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकारका गलत क्रियाकलापमा प्रतिपक्षले कहिल्यै समर्थन नगर्ने स्पष्ट पारेकी छिन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारको कार्यशैली र सत्तापक्षका...

पोखरा ।

नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकारका गलत क्रियाकलापमा प्रतिपक्षले कहिल्यै समर्थन नगर्ने स्पष्ट पारेकी छिन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारको कार्यशैली र सत्तापक्षका सांसदहरूको व्यवहारप्रति आपत्ति जनाएकी हुन् ।

बैठकमा बोल्दै सांसद खातुनले सत्तापक्षबाट धम्कीपूर्ण भाषा प्रयोग भएको आरोप लगाउँदै त्यसको प्रतिवाद गरिन् ।

मुलुकमा व्याप्त भनिएको गुण्डाराजका विषयमा टिप्पणी गर्दै उनले सरकारकै संरक्षणमा त्यस्ता गतिविधिहरू भइरहेको दाबी गरिन् । प्रतिपक्षले आवाज उठाउँदा गुण्डाको संज्ञा दिनु शोभनीय नभएको उनको तर्क छ ।

सांसद खातुनले प्रतिपक्ष दल सधैँ देश र जनताको हितमा उभिने प्रतिवद्धता व्यक्त गरिन् ।

उनले भनिन्, ‘एकातर्फबाट धम्काउने र अर्कोतर्फबाट आफैँ मलम लगाउन तयार भएको अभिनय गर्ने कार्य स्वीकार्य छैन । हामी जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न र बलिदान दिन तयार छौँ, तर सरकारका गलत कार्यहरूलाई टुलुटुलु हेरेर समर्थन गर्न सक्दैनौँ ।’

आफ्नो सम्बोधनका क्रममा उनले सिराहामा प्रहरीले चलाएको गोलीको विषयलाई लिएर सरकारको जवाफदेहिता माग गरिन् ।

प्रकाशित मिति २०८३ भदौ २ गते मंगलबार ०१:३१
हजुरको प्रतिक्रिया