पोखरा ।
पोखरा–१६ स्थित शान्ति माध्यमिक विद्यालयमा विद्यार्थीलाई नेपाली कला, समाज र जीवनका यथार्थ पक्षसँग परिचित गराउने उद्देश्यले ‘द कोर्ट’ नाटक प्रदर्शन गरिएको छ । २०८३ भदौ ४ गते बुधबार वात्स्यायन फाउन्डेसनको प्रायोजन तथा एक्टर स्टुडियोको प्रस्तुतिमा नाटक प्रदर्शन गरिएको हो । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरी प्रस्तुत गरिएको नाटकले सामाजिक यथार्थ, एक्लोपन, मानसिक दबाब तथा मानिसभित्र लुकेका भावनात्मक संघर्षलाई विषयवस्तु बनाएको थियो ।
नाटकका लेखक अनुप बरालका अनुसार बाहिरबाट सबै कुरा सामान्य देखिए पनि धेरै मानिस भित्रभित्रै एक्लोपन, डिप्रेसन तथा मानसिक दबाबसँग संघर्ष गरिरहेका छन् । यही यथार्थलाई केन्द्रमा राखेर ‘द कोर्ट’ तयार गरिएको हो । नाटक प्रस्तुतिका क्रममा विद्यार्थी तथा शिक्षकलाई नेपाली कला र रंगमञ्चप्रति आकर्षित गर्दै नेपाली कलाको प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्य रहेको आयोजकले जनाएको छ । करिब १ घण्टा ३० मिनेट लामो नाटकको विषयवस्तु र कलाकारहरूको अभिनयलाई शिक्षक तथा विद्यार्थीहरूले खुलेर प्रशंसा गरेका थिए ।

यसै अवसरमा संस्थागत विकासका लागि निर्माण गर्न लागिएको ‘हंसध्वनि थिएटर’ निर्माण अभियानमा सहयोगस्वरूप शिक्षक तथा विद्यार्थीबाट संकलित रकम विद्यालयका प्रधानाध्यापक सूर्य गिरीले आयोजकलाई हस्तान्तरण गरेका छन् । नाटक प्रदर्शनको समन्वय तथा व्यवस्थापन विद्यालयका शिक्षक भरत आचार्यले गरेका थिए । विद्यालयमा गरिएको यस किसिमको सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रमले विद्यार्थीमा कलाप्रतिको रुचि बढाउनुका साथै सामाजिक विषयवस्तुलाई बुझ्ने र आफ्ना भावनालाई अभिव्यक्त गर्ने अवसर प्रदान गरेको विद्यालयले जनाएको छ ।
प्रकाशित मिति २०८३ भदौ ४ गते बिहीबार ०६:२७




