२०८३ असोज २३ गते शुक्रबार

गरिमा चौधरी हत्या प्रकरण : दोषीलाई कडा कारबाही र पीडितलाई न्यायको माग गर्दै प्रदर्शन

गरिमा चौधरी हत्या प्रकरण : दोषीलाई कडा कारबाही र पीडितलाई न्यायको माग गर्दै प्रदर्शन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ ६ गते शनिबार १२:४७

पोखरा । स्वतन्त्र आमा नेपालले बलात्कारपछि हत्या भएकी गरिमा चौधरीलाई न्याय माग्दै माईतीघरमा प्रदर्शन गरेको छ । संस्थाले शनिबार दोषीलाई कडा कारबाही र पीडितलाई न्यायको माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा...

पोखरा ।

स्वतन्त्र आमा नेपालले बलात्कारपछि हत्या भएकी गरिमा चौधरीलाई न्याय माग्दै माईतीघरमा प्रदर्शन गरेको छ ।

संस्थाले शनिबार दोषीलाई कडा कारबाही र पीडितलाई न्यायको माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले बलात्कार र हत्याजस्ता जघन्य अपराधविरुद्ध कडा कानुन बनउन सरकारसंग माग गरेका छन् ।

बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने उनीहरुको माग छ ।

प्रदर्शनकारीले बलात्कारी र हत्यारालाई कडा कानूनी कारबाही गर ! पीडितलाई न्याय देउ !, बलात्कारीलाई फाँसी दे !, चाहिदैन ठुला र चिल्ला सडक, छोरीलाई सुरक्षित हिँड्न सक्ने गल्लि बनाइदेउ सरकार !, न्याय पाउन के हामीले सरकारको दैलोबाट लास निस्किने दिन कुनुपर्ने हो ? लगायत नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका चौधरीको बलात्कारपछि हत्या भएको थियो ।

साउन ३१ गते घरबाट हराएकी उनी भदौ २ गते एक घरभित्र मृत फेला परेकी थिइन् । प्रहरीले घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति २०८३ भदौ ६ गते शनिबार १२:४७
हजुरको प्रतिक्रिया