२०८३ असोज २३ गते शुक्रबार

बाढीका कारण विभिन्न क्षेत्रमा ३ सय ८४ पर्यटक सम्पर्कविहिन

बाढीका कारण विभिन्न क्षेत्रमा ३ सय ८४ पर्यटक सम्पर्कविहिन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १० गते बुधबार ०२:५९

पोखरा । बाढीका कारण विभिन्न क्षेत्रमा ३ सय ८४ आन्तरिक तथा वाह्य पर्यटक सम्पर्कविहिन भएका छन् । नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सीहरूबाट प्राप्त तथ्यांक उद्धृत गर्दै जनाए अनुसार झन्डै ४ सय पर्यटक सम्पर्कविहीन छन् । सम्पर्कविहीनमध्ये...

पोखरा ।

बाढीका कारण विभिन्न क्षेत्रमा ३ सय ८४ आन्तरिक तथा वाह्य पर्यटक सम्पर्कविहिन भएका छन् ।

नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सीहरूबाट प्राप्त तथ्यांक उद्धृत गर्दै जनाए अनुसार झन्डै ४ सय पर्यटक सम्पर्कविहीन छन् ।

सम्पर्कविहीनमध्ये २ सय ९१ विदेशी र ९३ नेपाली पर्यटक छन् ।

ट्राभल एजेन्सी, गाइड, स्थानीय निकाय र सुरक्षा निकायसँग पुष्टि गरेपछि पर्यटन बोर्डल पर्यटक सम्पर्कविहीन भएको जनाएको हो ।

उता लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा २५ भन्दा बढी मजदुर फसेका छन् ।

२० मेगावाट जलविद्युत् आयोजनाको सुरुङमा ती मजदुर फसेको कम्पनीका प्रबन्ध निर्देशक तथा इप्पानका सचिव विजयमोहन भट्टराईले जानकारी दिए ।

उनका अनुसार नदीको सतह भन्दा १ सय मिटरमाथि सुरुङमा काम गर्दै गरेका मजदुर फसेका छन् । उनीहरूको उद्धार हुन सकेको छैन । मोबाइल सम्पर्क समेत हुन सकेको छैन ।

उनका अनुसार आयोजनामा ६० हाराहारी मजदुर काम गरिरहेका थिए । यी सबै कामदारबारे पूर्ण जानकारी आइसकेको छैन ।

प्रकाशित मिति २०८३ भदौ १० गते बुधबार ०२:५९
हजुरको प्रतिक्रिया