२०८३ असोज २३ गते शुक्रबार

त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र

त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ ११ गते बिहीबार ०९:०६

रसुवास्थित भोटेकोशी नदीमा बुधवार आएको भीषण बाढीका कारण त्रिशूली नदी आसपासका तटीय क्षेत्रहरूमा ठूलो क्षति पुगेको छ । बाढीले रसुवादेखि चितवनसम्मको तटीय क्षेत्रमा असर पु¥याउनुका साथै कतिपय स्थानहरू डुबानमा परेपछि जनजीवन प्रभावित...

रसुवास्थित भोटेकोशी नदीमा बुधवार आएको भीषण बाढीका कारण त्रिशूली नदी आसपासका तटीय क्षेत्रहरूमा ठूलो क्षति पुगेको छ ।
बाढीले रसुवादेखि चितवनसम्मको तटीय क्षेत्रमा असर पु¥याउनुका साथै कतिपय स्थानहरू डुबानमा परेपछि जनजीवन प्रभावित बनेको हो । बाढीका कारण सडक तथा बजार क्षेत्रमा जम्मा भएको हिलो र लेदो पन्छाउने कार्य अहिले तिब्र गतिमा भइरहेको छ । धादिङको बैरेनी बजार क्षेत्रमा बाढीले ल्याएको हिलो सोर्ने र अवरुद्ध सडक सफा गरी यातायात सुचारु गर्ने प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।
यस्तै, नुवाकोटको रातोमाटे क्षेत्रमा बाढीका कारण पुगेको क्षतिको विवरण संकलन गर्ने र बेपत्ता हुन सक्नेहरूको खोज तथा उद्धार कार्य जारी रहेको छ । केरौनिटार लगायतका प्रभावित क्षेत्रहरूमा पनि सुरक्षा निकाय र स्थानीय उद्धार टोलीले उद्धार कार्यलाई निरन्तरता दिएका छन् । भोटेकोशी र त्रिशूली नदीको बहाव एक्कासि बढ्दा नदी किनारका बस्तीहरू कटानमा पर्नुका साथै भौतिक पूर्वाधारमा समेत गम्भीर क्षति पुगेको छ । बाढीले त्रिशूली नदीको आसपासका खेतीयोग्य जमिन र संरचनाहरू बगाएको छ । रसुवाबाट शुरु भएको बाढीको प्रभाव नुवाकोट र धादिङ हुँदै चितवनसम्म पुगेको थियो । हाल प्रभावित क्षेत्रहरूमा लेदो पन्छाउने, सडक सुचारु गर्ने र पीडितहरूलाई राहत तथा सुरक्षा प्रदान गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ । प्रशासनले नदी तटीय क्षेत्रमा बसोवास गर्ने नागरिकहरूलाई अझै पनि शतर्क रहन आग्रह गरेको छ । आगामी आईतवारसम्म चीन क्षेत्रमा ठूलो वर्षा हुने भएकाले शतर्क रहन आग्रह गरिएको छ ।

 

प्रकाशित मिति २०८३ भदौ ११ गते बिहीबार ०९:०६
हजुरको प्रतिक्रिया