२०८३ साउन २१ गते बिहीबार

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति?

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १८ गते आइतबार ०१:११

पोखरा। नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ७ सयले बढेको छ । आज छापावाल सुन प्रतितोला ९३ हजार ४ सयमा कारोबार भइरहेको छ। यस अघि शुक्रबार सुन तोलाको ९२ हजार ७ सयमा...

पोखरा। नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ७ सयले बढेको छ ।

आज छापावाल सुन प्रतितोला ९३ हजार ४ सयमा कारोबार भइरहेको छ।

यस अघि शुक्रबार सुन तोलाको ९२ हजार ७ सयमा कारोबार भएको थियो।

यस्तै आइतबार तेजाबी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यसैगरी आज चाँदीको मूल्यमा पनि १० रुपैयाँले बढेको छ।

आज चाँदी प्रतितोला १ हजार २७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति २०७८ पुस १८ गते आइतबार ०१:११
हजुरको प्रतिक्रिया