२०८३ असोज २३ गते शुक्रबार

विपद् व्यवस्थापनबारे सरकारले हरेक घण्टा आधिकारिक जानकारी दिने, अफवाहको पछि नलाग्न गृह मन्त्रालयको आग्रह

विपद् व्यवस्थापनबारे सरकारले हरेक घण्टा आधिकारिक जानकारी दिने, अफवाहको पछि नलाग्न गृह मन्त्रालयको आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ ११ गते बिहीबार १२:०८

पोखरा । सरकारले विपद्को समयमा फैलाइएका विभिन्न भ्रम र अफवाहबाट सचेत रहन आम नागरिकलाई आग्रह गरेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रा प्रमुख फडेन्द्रप्रसाद पौडेलले अबदेखि सरकारले हरेक एक...

पोखरा ।

सरकारले विपद्को समयमा फैलाइएका विभिन्न भ्रम र अफवाहबाट सचेत रहन आम नागरिकलाई आग्रह गरेको छ ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रा प्रमुख फडेन्द्रप्रसाद पौडेलले अबदेखि सरकारले हरेक एक घण्टामा आधिकारिक सूचना सार्वजनिक गर्ने व्यवस्था मिलाएको बताएका हुन् ।

विभिन्न माध्यमबाट गलत सूचना प्रवाह भई नागरिकमा त्रास फैलिएको गुनासो आएपछि सरकारले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) मार्फत प्रत्येक घण्टा प्रेस विज्ञप्ति जारी गर्ने निर्णय गरेको हो ।

उक्त विज्ञप्तिमा राहत वितरणको अवस्था, जनशक्ति परिचालन, सवारी साधन तथा सामग्रीको उपलब्धता र वितरणको पछिल्लो विवरण समावेश गरिने प्रमुख पौडेलले जानकारी जानकारी दिए ।

उनले भने, ‘हामी मिडियासँग पनि निरन्तर सम्पर्कमा रहन्छौँ । त्यसैले आधिकारिक निकायबाट संप्रेषित सूचनालाई मात्र आधार मान्न हामी आम नागरिकमा अनुरोध गर्दछौँ ।’

उनले संकटको यस घडीमा सरकारको आलोचना गर्नुभन्दा पनि मानवीय जीवन रक्षालाई प्राथमिकता दिन सबै पक्षलाई आह्वान गर्नुभयो । प्रमुख पौडेलले निजी क्षेत्र, नागरिक समाज, सञ्चार माध्यम, आमा समूह र महिला समूहहरूलाई जिम्मेवार भएर सहयोगमा जुट्न आग्रह गरेका छन् ।

उनकाअनुसार अहिलेको मुख्य प्राथमिकता नागरिकको जिउज्यान बचाउनु हो। ।

भौतिक सम्पत्तिको क्षतिको अध्ययन भने ‘पोस्ट डिजास्टर निड्स एसेसमेन्ट’ (पिडिएनए) तथा अन्य माध्यमबाट पछि गरिने उनले स्पष्ट पारे ।

सरकारले यस संकटपूर्ण समयमा सकारात्मक र सहयोगी भावनाका साथ विपद् व्यवस्थापनमा जुट्न सम्पूर्ण नेपालीहरूमा अपिलसमेत गरेको छ ।

प्रकाशित मिति २०८३ भदौ ११ गते बिहीबार १२:०८
हजुरको प्रतिक्रिया