२०८३ असोज २३ गते शुक्रबार

रसुवा बाढी :  अहिलेसम्म १७७ जनाको शव फेला

रसुवा बाढी :  अहिलेसम्म १७७ जनाको शव फेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ ११ गते बिहीबार १२:३६

पोखरा । रसुवाको भोटेकोशी बाढीमा परेर बेपत्ता भएका मध्ये अहिलेसम्म १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा...

पोखरा ।

रसुवाको भोटेकोशी बाढीमा परेर बेपत्ता भएका मध्ये अहिलेसम्म १७७ जनाको शव फेला परेको छ ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो ।

प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनुहँमा ९, पूर्वी नवलपरासीमा ३२ र पश्चिम नवलपरासीमा ६ जनाको शव फेला परेको हो ।

अहिले खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी परिचालन भएका छन् । घाइतेहरूको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ ।

प्रकाशित मिति २०८३ भदौ ११ गते बिहीबार १२:३६
हजुरको प्रतिक्रिया