२०८३ साउन २१ गते बिहीबार

मिसेस नेपाल वर्ल्ड २०२१ को उपाधि दिक्षा केसीलाई

मिसेस नेपाल वर्ल्ड २०२१ को उपाधि दिक्षा केसीलाई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १८ गते आइतबार ०१:४०

काठमाडौं : राजधानीमा शनिबार भएको मिसेस नेपाल वर्ल्ड २०२१ की विजेता दिक्षा केसी बनेकी छिन् । त्यसैगरी मिसेस नेपाल इन्टरनेसनलको उपाधि उषा रजकले हात पारेकी छिन्। यस्तै सुनिता लामाले फस्ट रनरअप र राजश्री थापाले सेकेण्ड रनर अपको उपाधि...

काठमाडौं : राजधानीमा शनिबार भएको मिसेस नेपाल वर्ल्ड २०२१ की विजेता दिक्षा केसी बनेकी छिन् । त्यसैगरी मिसेस नेपाल इन्टरनेसनलको उपाधि उषा रजकले हात पारेकी छिन्।

यस्तै सुनिता लामाले फस्ट रनरअप र राजश्री थापाले सेकेण्ड रनर अपको उपाधि हात पारेकी छन् । एमएस इन्टरनेसनल उपाधि पार्वती गिरीलाई प्रदान गरिएको छ ।

भद्रकालीस्थित आर्मी अफिसर क्लबमा भएको वाइ वाइ मिसेस नेपाल १०२१ कार्यक्रममा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला, महानायक राजेस हमाल, वरिष्ठ अभिनेत्री गौरी मल्ल लगायतको उपस्थिति रहेको थियो ।

क्यान्सर सचेतनाको अभियानअन्र्तगत आयोजित प्रतियोगितामा २४ जना प्रतिस्पर्धी सहभागी भएका थिए।

प्रकाशित मिति २०७८ पुस १८ गते आइतबार ०१:४०
हजुरको प्रतिक्रिया