२०८३ असोज २३ गते शुक्रबार

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत कार्य तिब्र

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत कार्य तिब्र

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १७ गते बुधबार ११:४०

पोखरा । गत भदौ १० गते बुधबार बिहान भोटेकोशी र त्रिशूली नदीमा आएको आकस्मिक बाढीका कारण ठूलो परिमाणमा जनधनको क्षति भएको छ । बाढी प्रभावित विभिन्न क्षेत्रहरूबाट उद्धार गरिएका नागरिक, संकलन गरिएका शव तथा राहत एवं उद्धार सामग्रीहरू...

पोखरा ।

गत भदौ १० गते बुधबार बिहान भोटेकोशी र त्रिशूली नदीमा आएको आकस्मिक बाढीका कारण ठूलो परिमाणमा जनधनको क्षति भएको छ ।

बाढी प्रभावित विभिन्न क्षेत्रहरूबाट उद्धार गरिएका नागरिक, संकलन गरिएका शव तथा राहत एवं उद्धार सामग्रीहरू हाल धुन्चेस्थित नेपाली सेनाको क्याम्पमा ल्याइएको छ ।

विपद्पश्चात नेपाली सेनाले प्रभावित क्षेत्रहरूमा तिब्र रूपमा खोज तथा उद्धार कार्य सञ्चालन गरिरहेको छ ।

बाढीका कारण प्रभावित भएका विभिन्न स्थानबाट मानिसहरूको उद्धार गर्ने र संकलित शवहरूको व्यवस्थापन गर्ने कार्यलाई प्राथमिकता दिइएको छ ।

साथै, पीडितहरूका लागि आवश्यक उद्धार सामग्रीहरू पनि सोही क्याम्पमा संकलन गरी वितरणको तयारी भइरहेको छ । बाढीले पु¥याएको क्षतिको थप विवरण संकलन गर्ने क्रम जारी रहेको छ ।

हालसम्म बाढीमा परी निधन भएका १ हजार बढी शवहरु फेला परेका छन् । करिव ४ हजार मानिस सम्पर्कबिहीन भएका छन् ।

प्रकाशित मिति २०८३ भदौ १७ गते बुधबार ११:४०
हजुरको प्रतिक्रिया