२०८३ असोज २३ गते शुक्रबार

रास्वपाको निषकर्षः खोज र उद्धारमा सरकारको काम सन्तोषजनक

रास्वपाको निषकर्षः खोज र उद्धारमा सरकारको काम सन्तोषजनक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १८ गते बिहीबार ०३:४६

पोखरा । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रसुवा बाढीपश्चात् सरकारद्वारा सञ्चालित खोज, उद्धार तथा राहत कार्य हालसम्म सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ । बिहीबार पार्टीको सचिवालय बैठकपछि प्रवक्ता जगदीश खरेलले...

पोखरा ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रसुवा बाढीपश्चात् सरकारद्वारा सञ्चालित खोज, उद्धार तथा राहत कार्य हालसम्म सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ ।

बिहीबार पार्टीको सचिवालय बैठकपछि प्रवक्ता जगदीश खरेलले सरकारको नेतृत्वमा भएका कामहरूको समीक्षा गर्दै यस्तो जानकारी दिएका हुन् ।

बैठकमा सरकारको प्रतिनिधित्व गरिरहेका पार्टीका उपमहासचिव एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालसम्म भएका प्रगतिबारे विस्तृत जानकारी गराएका थिए ।

प्रवक्ता खरेलकाअनुसार सरकारले हालसम्म ८ अर्ब रुपैयाँभन्दा बढी सहयोग संकलन गरिसकेको छ ।

संकलित रकममध्ये १ अर्ब रुपैयाँभन्दा बढी विपद् व्यवस्थापन प्राधिकरणलाई र ६ करोड रुपैयाँभन्दा बढी स्थानीय तहहरूलाई उपलब्ध गराइसकेको जानकारी बैठकमा दिइएको छ ।

सचिवालय सदस्यहरूले सरकारले गरेका कार्यहरूको प्रशंसा गरे पनि खोज, उद्धार र राहतका कामलाई अझ बढी प्रभावकारी र द्रुत गतिमा अघि बढाउनुपर्ने बताएका छन् ।

प्रवक्ता खरेलले भने, ‘सरकारका तर्फबाट हालसम्म भएका कामहरू सन्तोषजनक छन्, यद्यपि यसलाई अझ बढी प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने आवश्यकतालाई बैठकले जोड दिएको छ ।’

रास्वपाले राहत वितरण प्रक्रियालाई थप व्यवस्थित बनाउँदै प्रभावित क्षेत्रमा सरकारी उपस्थिति अझ सशक्त बनाउन समेत आग्रह गरेको छ ।

प्रकाशित मिति २०८३ भदौ १८ गते बिहीबार ०३:४६
हजुरको प्रतिक्रिया