२०८३ असोज २३ गते शुक्रबार

जलविद्युत आयोजनाको टनेलमा फसेका नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन सरकारलाई एमालेको आग्रह

जलविद्युत आयोजनाको टनेलमा फसेका नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन सरकारलाई एमालेको आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १८ गते बिहीबार ०३:५६

पोखरा । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले निर्माणाधीन जलविद्युत आयोजनाका टनेलमा फसेका नागरिकको शीघ्र उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले यो...

पोखरा ।

नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले निर्माणाधीन जलविद्युत आयोजनाका टनेलमा फसेका नागरिकको शीघ्र उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले यो शोकलाई शक्तिमा बदल्न सरकारलाई निःसर्त साथ दिन आफूहरु तयार रहेको पनि बताए । उनले जलविद्युत आयोजनाको टनेलमा फसेका नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराए ।

प्रमुख सचेतक महरले आफ्नो गृहजिल्ला बझाङका दुई जना इन्जिनियरसमेत जलविद्युत आयोजनाको टनेलमा फसेको र उनीहरूको अवस्था अझै अज्ञात रहेको जानकारी दिए ।

उनले भने, ‘हामी सबै सरकारको साथमा छौँ । हामी निसर्त सरकारलाई साथ दिन चाहन्छौँ र यो संकटको सामना गर्न चाहान्छौँ । यो शोकलाई हामी शक्तिमा बदल्न चाहन्छौँ । अहिले पनि धेरै नागरिक उद्धारको लागि गुहार गरिरहनुभएको छ । निर्माणाधीन जलविद्युत आयोजनाहरुका टनेलहरुमा फसिरहनुभएको अवस्था छ । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु उहाँहरुको छिटोभन्दा छिटो उद्धार गरियोस् । मेरो गृहजिल्ला बझाङका दुई जना इन्जिनियरहरु समेत यो आयोजनामा फसेका छन् । उहाँहरुको अवस्था अझै पनि अज्ञात रहेको छ । उनीहरुको खोजिमा समेत सरकारले ध्यान देओस् ।’

उनले बाढी प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्यप्रति समेत सरकार गम्भीर हुनुपर्ने बताए ।

प्रकाशित मिति २०८३ भदौ १८ गते बिहीबार ०३:५६
हजुरको प्रतिक्रिया