२०८३ असोज २३ गते शुक्रबार

कुशको शव बनाएर अन्तिम संस्कार

कुशको शव बनाएर अन्तिम संस्कार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १९ गते शुक्रबार ०२:३४

पोखरा । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकाहरुका आफन्तहरुले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् । बाढीमा परी सम्पर्कविहीन भइसकेको धेरै दिन हुँदा समेत सम्पर्कमा नआएको र शव समेत फेला नपरेपछि आफन्तहरुले...

पोखरा ।

रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकाहरुका आफन्तहरुले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् ।

बाढीमा परी सम्पर्कविहीन भइसकेको धेरै दिन हुँदा समेत सम्पर्कमा नआएको र शव समेत फेला नपरेपछि आफन्तहरुले कुशको शव बनाएर संयुक्त रुपमा दाहसंस्कार गरिरहेका हुन् ।

बेपत्ता भएकाहरुका आफन्तहरुले शुक्रवार पशुपति आर्यघाटमा कुशको शवको प्रतिमा बनाएर अन्तिम संस्कार गरिरहेका छन् ।

पशुपति क्षेत्र विकास कोषले निःशल्क रुपमा दाहसंस्कार गर्ने व्यवस्था मिलाएको छ । रसुवा बाढीमा मृत्यु भएका १ हजार दुई सय ५९ जनाको शव फेला परेको छ ।

अझै पनि ५ हजार बढी नागरिक सम्पर्कविहीन छन् । अहिलेसम्म ९३ शवको मात्र सनाखत हुन सकेको छ ।

सरकारले बाढी प्रभावित क्षेत्रहरु रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायतका जिल्लाका खोज तथा उद्धार कार्य जारी राखेको छ ।

प्रकाशित मिति २०८३ भदौ १९ गते शुक्रबार ०२:३४
हजुरको प्रतिक्रिया