२०८३ असोज २३ गते शुक्रबार

माथिल्लो त्रिशूली–१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार

माथिल्लो त्रिशूली–१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ २० गते शनिबार ०२:२२

पोखरा । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेना र कोरियाको ‘डिजास्टर’ टोलीले आज दिउँसो आयोजनाको अडिट–४ टनेलबाट चिनियाँ नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको...

पोखरा ।

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ ।

नेपाली सेना र कोरियाको ‘डिजास्टर’ टोलीले आज दिउँसो आयोजनाको अडिट–४ टनेलबाट चिनियाँ नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले उनको तस्वीर सार्वजनिक गर्दै उद्धार गरेको जानकारी दिएको हो । उनलाई सुरुङको २२५ मिटरभित्रबाट उद्धार गरिएको हो ।

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा बाढी आएको ११ औं दिनपछि उनको उद्धार भएको हो ।

यसअघि हिजो त्रिशूली ३ ए बाट २ जनाको उद्धार भएको थियो ।

त्यस्तै नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार भएको छ ।

शस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार आनन्द श्रेष्ठको घरबाट ती महिलाको उद्धार भएको हो ।

प्रकाशित मिति २०८३ भदौ २० गते शनिबार ०२:२२
हजुरको प्रतिक्रिया