२०८३ असोज २३ गते शुक्रबार

भोटेकोशी बाढीका मृतकको स्मरणमा आज देशभर राष्ट्रिय शोक

भोटेकोशी बाढीका मृतकको स्मरणमा आज देशभर राष्ट्रिय शोक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ २२ गते सोमबार १२:३७

सोही निर्णयबमोजिम आज देशभरका सरकारी कार्यालय, प्रशासनिक केन्द्र सिंहदरबार तथा विदेशस्थित नेपाली कुटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

पोखरा ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूको स्मरणमा आज देशभर राष्ट्रिय शोक व्यक्त गरिँदैछ ।

सरकारले सोमबार (आज) बाढीमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय शोक व्यक्त गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयबमोजिम आज देशभरका सरकारी कार्यालय, प्रशासनिक केन्द्र सिंहदरबार तथा विदेशस्थित नेपाली कुटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

गत भदौ १० गते बुधवार रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म १ हजार ३ सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

बाढीमा परी ५ हजारभन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन् । सोही दुःखद् घटनामा ज्यान गुमाउनेहरूप्रति सम्मान र शोक प्रकट गर्न सरकारले यो कदम चालेको हो ।

विनाशकारी घटनाको १३ औँ दिनमा आज राष्ट्रिय शोक मनाउन लागिएको हो ।

मृतकप्रति सम्मान र शोकसन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो

प्रकाशित मिति २०८३ भदौ २२ गते सोमबार १२:३७
हजुरको प्रतिक्रिया