२०८३ असोज २३ गते शुक्रबार

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ २३ गते मंगलबार ०२:४३

पोखरा । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप पठाएको छ । मन्त्रालयले नुवाकोटका लागि ८० हजार ५२३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर...

पोखरा ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप पठाएको छ ।

मन्त्रालयले नुवाकोटका लागि ८० हजार ५२३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ ।

मन्त्रालयले रसुवामा अस्ति आइतवार हेलिकप्टरमार्फत २१ हजार डोज खोप पठाएको थियो । साथै रसुवामा  पर्सि बिहीबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ ।

बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणाली प्रभावित हुँदा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा सङ्क्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति २०८३ भदौ २३ गते मंगलबार ०२:४३
हजुरको प्रतिक्रिया