२०८३ असोज २३ गते शुक्रबार

जेन–जी पुस्ताले परिकल्पना गरेको राज्य र समाज निर्माण गर्न सफल भए–नभएको गम्भीर समीक्षा गर्नुपर्छः सांसद केसी

जेन–जी पुस्ताले परिकल्पना गरेको राज्य र समाज निर्माण गर्न सफल भए–नभएको गम्भीर समीक्षा गर्नुपर्छः सांसद केसी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ २४ गते बुधबार ०४:४८

पोखरा । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले जेन–जी युवा पुस्ताले परिकल्पना गरेको समाज निर्माण गर्न सफल भयौँ कि भएनौँ भन्ने विषयमा गम्भीर समीक्षा गर्न आवयक रहेको बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै...

पोखरा ।

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले जेन–जी युवा पुस्ताले परिकल्पना गरेको समाज निर्माण गर्न सफल भयौँ कि भएनौँ भन्ने विषयमा गम्भीर समीक्षा गर्न आवयक रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो बताएका छन् । गत वर्षको जेनजी पुस्ताको आन्दोलन सरकार परवर्तनको लागि नभई राज्य सञ्चालनको संस्कार परिवर्तनको लागि भएको उनको भनाइ छ ।

उनले जेन–जी आन्दोलनको मर्मअनुसार मुलुकमा विद्यमान दण्डहीनता र विधिविहीनताको अन्त्य गर्नुपर्नेमा जोड दिए । सांसद केसीले अहिले बजारमा मल र ग्यासको हाहाकार भएको विषयमा सरकारको ध्यानाकर्षण समेत गराए ।

उनले मुलुकमा आइपरेको प्राकृतिक विपद्को सबै पक्ष एकजुट भएर सामना गर्नुपर्ने समेत बताए ।

उनले भने, ‘जेन–जी आन्दोलन कुनै दल विशेषको थिएन । यो आन्दोलन सरकार परिवर्तनको लागि नभई संस्कार परिवर्तनको लागि थियो । सरकारको शैली परिवर्तनको लागि थियो । मुलुकमा विद्यमान दण्डहीनता र विधिविहीनताको अन्त्यको लागि थियो । जुन राज्य र समाज जेनजी पुस्ताले परिकल्पना गरेको थियो । वास्तवमा हामीले त्यो पुरा गर्न सकेका छौँ कि छैनौँ ? त्यतातिर गम्भीर हुनुपर्ने आवश्यकता छ । अहिले चारैतिर हाहाकारको स्थिति छ । मलको हाहाकार, ग्यासको हाहाकार । तर अहिले यो समयमा हामी सबै एकै ठाउँमा उभिएर अहिले हामी सामु देखिएका समस्या समाधान गर्नुपर्ने आवश्यकता छ । बाढीमा फसेका नागरिकको उद्धारमा केही कमजोरी भएपनि राम्रो भएको छ । टनेलमा फसेका नागरिकको उद्धारमा केही सुधार गर्नुपर्ने आवश्यकता पनि छ ।’

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण टनेलमा फसेका नागरिकको उद्धारमा सरकारले थप प्रभावकारी काम गर्न आवश्यक रहेको पनि बताए ।

प्रकाशित मिति २०८३ भदौ २४ गते बुधबार ०४:४८
हजुरको प्रतिक्रिया