२०८३ साउन २१ गते बिहीबार

कपिलबस्तुमा बाढीले विद्युत प्राधिकरणको जिप बगायाे

कपिलबस्तुमा बाढीले विद्युत प्राधिकरणको जिप बगायाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज ७ गते बुधबार ०८:५१

बुटवल । कपिलवस्तुको मोतिपुरस्थित कोइली खोलामा आएको बाढीले नेपाल विद्युत प्राधिकरणको कर्मचारी सवार जिप बगाउँदा एकजनाको मृत्यु भएको छ भने अन्य २ जना बेपत्ता भएका छन् । तीन जनाले भने जिपबाट हामफालेर ज्यान बचाएका छन् । मृत्यु हुनेमा...

एकजनाको मृत्यु, २ जना बेपत्ता

बुटवल । कपिलवस्तुको मोतिपुरस्थित कोइली खोलामा आएको बाढीले नेपाल विद्युत प्राधिकरणको कर्मचारी सवार जिप बगाउँदा एकजनाको मृत्यु भएको छ भने अन्य २ जना बेपत्ता भएका छन् । तीन जनाले भने जिपबाट हामफालेर ज्यान बचाएका छन् ।

मृत्यु हुनेमा गुल्मी जिल्लाको तम्घास घर भएका जिप चालक माधव पाण्डे रहेको कपिलवस्तुका शसस्त्र प्रहरी उपरीक्षक धुब्रबहादुर कार्कीले बताए ।

बाणगंगा नगरपालिकाको बनगाइ भलवाड डोहोटे सडकखण्ड अन्तर्गत कोइली खोलामा आएको बाढीले बा १ ञ १०८९ नम्बरको जिप बगाएको हो । जितपुरबाट पडेरियामा रहेको ट्रान्सफर्मरमा फ्युज बनाएर फर्किने क्रममा उनीहरु सवार जिप बाढीले बगाएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको टोलीले बेपत्ताहरुको खोजी कार्य जारी राखेको कार्कीले बताए । बाढीले बगाएको जिपलाई भने डोजर लगाएर निकालिएको उनले बताए ।

प्रकाशित मिति २०७७ असोज ७ गते बुधबार ०८:५१
हजुरको प्रतिक्रिया